८३ वर्षको उमेरमा बुबा बनेपछि (भिडियो सहित)

बुटवल । गुल्मीको चन्द्रकोट गाउँपालिका–५, धुवाँखोला निवासी ८० वर्षीय कले परियार यतिबेला सहयोगका लागि हारगुहार गरिरहेका छन् । यो उमेरमा आएर पुत्रलाभ गरेका उनले सुत्केरी श्रीमती र नवजात पुत्रको स्याहार–सुसारका लागि आर्थिक सहयोग जुटाउन दौडधुप गर्नुपरेको हो । नागरिकताअनुुसार ७१ वर्ष उमेर उल्लेख भए पनि आफ्नो वास्तविक उमेर भने ८० वर्ष रहेको उनी बताउँछन् । लौरोको सहारामा हिँडडुल गर्ने उनका कलेटी परेका शरीर, खुट्टामा फाटेको चप्पल, शरीरमा न्यानो कपडाको अभावले नै आर्थिक अवस्थालाई उजागर गर्दछ ।

श्रीमती देवी परियारको कोखबाट १० दिन अघिमात्र छोरा जन्मिएकोमा खुशी देखिएका उनी सुत्केरी उकास्ने र न्वारन गर्ने खर्च नहुँदा आर्थिक सहयोगका लागि दौडधुप गरिरहेका हुन् । चन्द्रकोट गाउँपालिकाको वडा नम्वर–५ का अध्यक्ष टेकबहादुर पुनबाट सिफारिसपत्र बनाई उनी गाउँपालिका कार्यालयमा सहयोग माग्न पुगे । ‘के गर्नु हजुर, छोरा त जन्मियो तर सुत्केरी उम्काउने उपाय नभएपछि सहयोग उठाउँदै हिँडेको छु, गाउँघरमा चार÷पाँच माना चामल मागेर सुत्केरीलाई खुवाएँ, न्वारन गर्न बाँकी छ, सहयोगका लागि गाउँपालिकामा आएको हुँ,’ उनले यो उमेरमा कठ्याङ्ग्रिदो चिसोमा गाउँपालिका कार्यालयसम्म आउनुको बाध्यता सुनाए । उनले ९ वर्ष अघि देवी परियारसँग दोस्रो विवाह गरेका रहेछन् । विवाहको दोश्रो वर्ष छोरी जन्मिएको उनले सुनाए ।

हेरौ यो भिडियो ।