आज पुष पुष २३ गते बुधबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं !

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल

आजको राशिफल बि.सं. २०७६ साल पुष २३ गते बुधबार ई. सं. २०२० जनवरी ७, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पौष शुक्ल पक्ष त्रयोदशी तिथी, कृतिका नक्षत्र, चन्द्रमा वृष राशिमा। शुक्ल योग, का्रलव करण। नेपालमा सूर्योदय बिहान ०६ः५८ बजे, सूर्यास्त साँझ ०५ः२३ बजे हुनेछ। आज जन्म लिने बच्चाको राशि वृष हुन्छ। आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज भौतिक साधन जुट्ने दिन छ र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हाँकेका काममा सफलता आर्जन गर्न सकिने छ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिने छ । प्रशंसकहरूले साथ दिनेछन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ सिद्धिलक्ष्म्यै नमः ०९ पटक जप गर्नु शुभ हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । विभिन्न अवसरले पछ्याउने छन । उचित काममा सही निर्णय लिन सकिने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ अं अङ्गारकाय नमः १० पटक जप गर्नु शुभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – अप्रिय समाचारले दुःखी तुल्याउन सक्नेछ । पढाइलेखाइमा बाधा पुग्नेछ, त्यस्तै व्यापार र रोजगारीका क्षेत्रमा पनि सोचेको फाइदा उठ्ने सम्भावना छैन । नयाँ योजना कार्यान्वयनमा कठिनाइ हुनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो वा बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ बृं बृहस्पतये नमः १९ पटक जप गर्नु शुभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन। उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनलाई उपयोग गर्न सकिने छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ राज्यलक्ष्म्यै नमः ११ पटक जप गर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ कुलदेवताभ्यो नमः १० पटक जप गर्नु शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । चिताएको काममा सफलता पाउनु हुनेछ । रोकिएका काम सम्पादन हुनेछन। घरायसी सुखको अनुभूति हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ धर्मराजाय नमः ०९ पटक जप गर्नु शुभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – सानातिना घरेलु काममै अल्मलिएर समय व्यतीत हुनसक्छ, सचेत रहनु होला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिने छ । गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ मृत्युञ्जयाय नमः २१ पटक जप गर्नु शुभ हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – मन फुरुङ्ग हुनेछ । हाँकेका ताकेका काममा सफलता मिल्नेछ । विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ । सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिने छ । मनग्ये धनलाभ हुनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । व्यापार–व्यवसायमा लाभ हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ कामाक्षीभगवत्यै नमः ०९ पटक जप गर्नु शुभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – काममा अधिकारका चुनौती र प्रतिस्पर्धाको सामना गर्नुपर्ला । शत्रुहरूको चलखेल बढ्नाले केही विघ्नबाधा देखा पर्न सक्छन । विवादले मन निराश बनाए पनि निरन्तरताको मिहिनेत र परिश्रमका कारण न्यून भए पनि उपलब्धी लिन सकिने छ । काममा तल्लीनता र दत्तचित्त हुनाले दाम्पत्य र घरायसी जीवनमा उतारचढाव आउन सक्छ । व्यापारमा भनेजस्तो लाभ प्राप्त हुँदैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ धन्वन्तरीदेवाय नमः ११ पटक जप गर्नु शुभ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – लगनशील भएमा मात्र सोचेको उपलब्धि प्राप्त हुनसक्छ । प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन । पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ । बौद्धिक प्रतिस्पर्धामा धेरै आशावादी हुनु हुँदैन । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ, तर जस पाउन गाह्रो छ । सन्ततिका समस्यामा ध्यान केन्द्रित हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ वाग्देव्यै नमः ११ पटक जप गर्नु शुभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आत्मबल दह्रो बनाउनु पर्छ, सोचेको काममा विजय प्राप्त हुनेछ । विगतमा दिएको वचन पूरा गरिने छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न गोपनीय बाटोमा हिंड्नु राम्रो हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । टाढिएका साथीभाइ नजिकिने छन । पारिवारिक भेटघाटको समय छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ अष्टमातृकाभ्यो नमः ०९ पटक जप गर्नु शुभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – चन्द्रमाको शुभफलमा कमी आउनाले मिश्रित प्रभाव भएको समय हुनेछ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । गुरुजनको सहयोग र बुद्धिलाई बेवास्ता गर्नाले लक्ष्य पहिल्याउन धौधौ हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ कार्यविनायकाय नमः २१ पटक जप गर्नु शुभ हुनेछ।