विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘मेरो चुलबुले चुलबुले जोवनमा….’ सार्वजनिक

काठमाडौं, १८ पुष ।
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘मेरो चुलबुले चुलबुले जोवनमा….’ सार्वजनिक भएको छ । प्राश्ना पाण्डेको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत, शाहस शाक्यको सङ्गीत संयोजन र चन्द्र चौधरीको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

शुभाष प्रधानको निर्देशन र प्रेम लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा विध्या, निरज, दिव्य, रिकेश र मिलनलाई फिचरिङ गरिएको छ । प्रेम लामाको छायाँकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । गीतको भिडियोलाई डीआर म्युजिक एण्ड क्रिएशनबाट सार्वजनिक गरिएको हो । यो गीत डा. डीआर उपाध्यायको गत महिना सार्वजनिक एल्बम ‘शौभाग्यको सिन्दुर’ को हो ।

हालसम्म १८ एल्बम सार्वजनिक गरेका विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायले गीत लेखेर विभिन्न विधामा १४ विश्व रेकर्ड बनाएका छन् । गीत लेखनसँगसँगै उपन्यास लेखनमा पनि त्यतिकै सक्रिय रहेका उनका दश उपन्यास पाठकमाझ आएका छन् ।