‘कमाण्डर’ को ट्रेलरमा अनुप र रबिनको टक्कर, माघ १० मा हुदैछ रिलिज

१८ पुस, काठमाडौं ।
अभिनेता अनुपबिक्रम शाही र रबिन तामाङबीच टक्कर परेको छ । उनीहरुको नयाँ फिल्म ‘कमाण्डर’ मा दमदार दुश्मनी भएको हो । एलआर विबेक सापकोटाको निर्देशनमा बनेको फिल्मको प्रदर्शन मितिसँगै ट्रेलर सार्वजनीक गरिएको छ । माघ १० गते प्रदर्शन हुने फिल्मको ट्रेलरमा अनुप प्रहरी अधिकृत र रबिन तस्करको भूमिकामा प्रस्तुत भएका छन् ।

सुपेरियर फिल्मस्को ब्यानरमा निर्देशक एलआरकै लेखन र निर्माण रहेको फिल्ममा अनुपबिक्रम र रबिनका साथमा ध्रुव कोइराला,श्रीराम पुडासैनी, प्रेम शर्मा,साधना सिलवाल,दिनेश केसी, कालु राना, तेजा ऐर तथा नवनायिका सगुन थापा मुख्य भूमिकामा छन् । फिल्मको सहनिर्मातामा सावन जंग राना छन् ।
‘कमाण्डर’ भ्रष्टाचार,तस्करी,लागूऔषध कारोबार,चेलीबेटी बेचबिखनलगायतका समसामयिक बिषयमा केन्द्रित रहेको निर्देशक एलआर बताउछन् । दिब्य सुवेदीले खिचेको फिल्ममा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

हेर्न्स् ट्रेलर