सबैलाई रुवाईरहेको यो भिडियोमा, निष्ठुरी दैव र रिक्तिएको मानवताप्रति तिव्र आलोचनाका कमेण्ट

काठमाडौ । अहिले एउटा भिडियोले सबैलाई रुवाई रहेको छ । भिडियोमा उतारिएको सत्य घटनाले कतै नेपालमा दया, माया र करुणा हराउँदै त गएको हैन भन्ने चिन्ताको विषय छ । यति मात्र हैन । यदि दैव छन् भने दैव किन यति निष्ठुरी हुन्छन् ? सबैलाई भिडियो हेरिसकेपछि प्रश्न जन्माइरहेको छ ।

गीता कटुवालको निर्देशनमा बनेको छोटो चलचित्रले मानवता र इश्वर माथी प्रश्न उठाइरहेको छ । जुन सत्य घटना हो । बाबुले गर्भमै यो संसारबाट विदा लिन्छन् । त्योपनि धन कमाउन गएको बेला विदेशी भूमीमा नै । अनेकौँ ठक्कर खाएर आमाले दुधे बालक हुर्काउछिन् । तर दैवले उनलाई खुशी देख्नै सक्दैन । आमापनि खोसेर लैजान्छ ।

एक्लै भौतारिएका ११ बर्षीय बालकलाई गाउँले र छिमेकीले समय लखेट्छन् । एक छाक खाँन र लाउँन नसकेपछि आमा र बाबाको मायाको अभावले उनलेपनि यो संसार छोडेर जाने निर्णय लिन्छन् । भिडियो हेर्दा सबैका आँशु बग्नेछन् । यसैले दैव र समाजका अबुझ पात्रलाई आलोचना गरेर उक्त भिडियोमा कमेण्ट आइरहेका छन् । उक्त भिडियो तल अपलोड गरिएको छ । तपाईपनि हेर्न तल क्लिक गर्न सक्नुहुनेछ ।