आमासंगै हात समाउदै हिडेकी ४ बर्षे सम्झना सुबेदीलाई नहरले बगायो मृत फेला

बाग्लुङ जिल्ला जैमुरे नगरपालिका ८ की स्थाई घर भई पोखरा महानगरपालिका ५ बस्ने बर्ष ४ की सम्झना सुबेदीको सेतीको नहरले बगाउँदा ज्यान गएको छ । आईतबार आमासंगै पसलमा केही सामान किनेर घर तिर जादै गरेकी सम्झना सेती नदि नहरमा झरिन् र नहरले बगाएर करिब १०० मिटर तल लग्यो, अन्तत् उनको शब फेला पर्यो ।

पोखराको अघिकाँश क्षेत्रमा सेतीका नहरहरु छन् । कतिपय ठाउँमा स्ल्याब बनाएर, तारजाली लगाएर राखिएको छ भने कतिपय ठाउँहरु खुल्ला छन् । पोखराको वडा न ंं ५ मा पनि केही ठाउँमा स्ल्याब छ तर जुन ठाउँबाट सम्झना झरिन् त्यो ठाउँ खाली भएको र तेलको कार्टुनले ढोकेको अवस्था थियो । सम्झनाले उक्त ठाउँमा टेक्दा उनी सोझै नहरमा झरिन् । सिंचाईको लागी लगिएको नहरमा पानीको बहक धेरै भएकाले बालिकाको ज्यान गएको हो ।

हेर्नुहोस घटनास्थलमा जे देखियो