पाँच रुपैयाँको खानाबाट उठ्यो यतिधेरै पैसा,मन्त्रीसम्म कुरो पुग्यो हे भगवान अब के होला!कुमारले भावुक हुदै बताए सबै नालीबेली (भिडियो हेर्नुहोस)

झापा दमकमा ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना पेटभरि खान दिन सुरु गरिएको आज पाँच दिन भैसकेको छ । आज पाचौ दिन मृगौला पिडित सुक्रराजको उपचारमा पैसाको अत्यन्त आवस्यकता परेको हुनाले जम्म भएको रकम गनेर काठमाडौ पठाउने काम भएको छ ।

आजै यो कुरा मन्त्रीसम्म पुगेको र कुमारले मन्त्रीलाई भेटेर यस्तोसम्म कुरा भएको भन्दै कुमारले भावुक हुँदै सुनाएका छन ।दमकका युवाहरुले बुधबारदेखि एउटा सकारात्मक अभियान सञ्चालन गरेका हुन । इलाम चुलाचुली ५ का २५ बर्षिय शुकराज लिम्बुका दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने उदेश्यले ५ रुपैयाँमा भात खुवाउने अभियान चलाइएको हो ।

सो स्थानमा युवाहरुले उपलब्ध गराउने एक छाक भात काे मुल्य ५ रुपैयाँ तोकिएपनि सहयोगी मन भएका धेरैले तोकिएको मुल्यसंगै विरामी शुकराजको उपचारका लागि सहयोगी हात अघि बढाएमा यो अभियानको प्रभावकारिता बढ्ने अभियानका प्रमुख कुमार राइले बताए । अभियानमा दमक १ निवासी कुमार राईसंगै लक्ष्मण प्रधान, विवेक श्रेष्ठ, युवन गुरुङ, युवराज गजमेर, सत्यनारायण चौधरी, टोसी आनन्द र सोनि राई सक्रियतापूर्वक जुटेका छन् ।सहयोगी संस्था र दाताहरुले खानाका लागि आवश्यक पर्ने सामाग्री उपलब्ध गराउने र खाना खान आउने ग्राहकले दिएको सहयोग रकमले विरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा अभियानकर्ताहरुको छ ।

उनीहरुले सके सम्म शनिबार सातामा एक पटक मासु खाना प्रति छाक रु १० मा उपलब्ध गराएका छन । पाँच रुपैयाँमा सादा खाना र दश रुपैयाँमा मासुभात खुवाएर युबाहरुले आज पाँच दिनको सहयोग रकम मृगौला पीडितलाई बुझाउन पाँच दिनपछी पहिलोपटक गनेर काठमाडौ पठाउने तयारी गरेका छन । कति उठ्यो त पाँच दिनमा पैसा अनि कसरी पुग्यो यो कुरा मन्त्रीसम्म कुमार राइले भावुक हुँदै सम्पुर्ण कुराहरू छन । तलको भिडियोमा हेर्नुहोला तपाईंको मन पनि रुनेछ