पाँच रुपैयाँमा खाना दिदा आयो धम्की,अब एक रुपैयाँमा कोठा 10 मा मासुभात,राती दुई बजे यस्तोसम्म गरेपछी कुमार भावुक हुँदै मिडियामा (भिडियो हेर्नुहोस)

पाँच रुपैयाँमा खाना बितरण गर्दा रातको दुई बजे आयो धम्की,भावुक हुँदै कुमारले सुनाए सम्पुर्ण नालीवेली,भावुक बनेका कुमार राइले अब आफू नडराउने र अब आजदेखी टाढाबाट आएर अभर पर्नेलाई एक रुपैयाँमा कोठा अनि दस रुपैयाँमा मासुभात उपलब्ध ग्गराउन थालेका छन । झापाको दमकस्थित पश्चीम बस स्टेण्ड नजिकै रहेकाे गोरखा डिपार्टमेन्ट स्टोरको प्राङगणमा कपडाले बेरेकाे एउटा स्टल रहेकाे छ । अगाडी पट्टी केही टेवल र कुर्सी पनि राखिएकाे छन । त्यहाँ ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना खान पाइन्छ । दमकका युवाहरुले बुधबारदेखि एउटा सकारात्मक अभियान सञ्चालन गरेका हुन । भोकाएका मानिसलाई शुद्ध खाना खुवाउने र खाना खाएका ग्राहकहरुबाट संकलित रकम मिर्गौलाको समस्याबाट पीडित २५ बर्षिय एक युवाको उपचारका लागि खर्चिने अभियान चलाएका हुन् ।

इलाम चुलाचुली ५ का २५ बर्षिय शुकराज लिम्बुका दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने उदेश्यले ५ रुपैयाँमा भात खुवाउने अभियान चलाइएको हो । सो स्थानमा युवाहरुले उपलब्ध गराउने एक छाक भात काे मुल्य ५ रुपैयाँ तोकिएपनि सहयोगी मन भएका धेरैले तोकिएको मुल्यसंगै विरामी शुकराजको उपचारका लागि सहयोगी हात अघि बढाएमा यो अभियानको प्रभावकारिता बढ्ने अभियानका प्रमुख कुमार राइले बताए । दमक उधाेग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काले पनि पहिलो दिन नै खाना खाएका थिए । सो अभियानमा दमक १ निवासी कुमार राईसंगै लक्ष्मण प्रधान, विवेक श्रेष्ठ, युवन गुरुङ, युवराज गजमेर, सत्यनारायण चौधरी, टोसी आनन्द र सोनि राई सक्रियतापूर्वक जुटेका छन् ।

सहयोगी संस्था र दाताहरुले खानाका लागि आवश्यक पर्ने सामाग्री उपलब्ध गराउने र खाना खान आउने ग्राहकले दिएको सहयोग रकमले विरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा अभियानकर्ताहरुको छ । अभियानकर्ताहरुले अभियानमा सहभागितालाई हेरेर निरन्तरता दिने सोच बनाएका छन् । उनीहरुले सके सम्म शनिबार सातामा एक पटक मासु खाना प्रति छाक रु १० मा उपलब्ध गराएर अचम्मै गरेका छन ।आजपनी खाना खाने मानिसहरुको घुइचो लागेको छ तर कुमार राई भने खुशी देखिएनन । किन आज निरास भनेर सोधिएको प्रस्नमा कुमारले भावुक हुँदै नसोचेको कुरा सुनाएका छन । पाँच रुपैयाँमा खाना बाढेर मृगौला पीडितलाई सहयोग गर्दै गरेका कुमार र उनको टिमलाई मध्यरातमा धम्की आएपछी कुमार भावुक हुँदै यस्तोसम्म सुनाए तलको भिडियोमा हेर्नुहोला यस्तो कुरा सुनेपछि कस्को मन रुदैन होला