लोकप्रिय गायक रविन लामिछाने र चर्चित गायिका ईन्दिरा गैरेको आवाजमा उत्कृष्ट गित मोया बजारमा

लोकप्रिय गायक रविन लामिछाने र चर्चित गायिका ईन्दिरा गैरेको आवाजमा उत्कृष्ट गित मोया बजारमा आएको छ । मायां प्रेमलाई केन्द्रविन्दुमा राखेर बनाईएको गितलाई लेखेका छन शरद पाण्डेले भने गितलाई लय बनाएका छन अर्जुन सापकोटाले ,एरेन्ज गरेका छन कृष्ण भाञ्जाले ।

दुई मुटु विचको मायां जाललाई शब्दजालमार्फत गितकार शरद पाण्डेले छताछुल्ल पारेका छन भने यता गायक प्रत्यक्ष दोहोरीका राजा भनेर चिनिने रविनलामिछाने र पछिल्लो समयकी सवैको मनमा बस्न सफल गायिका ईन्दिरा गैरेले पनि स्वरले उत्तिकै जादु छरेको देख्न अनि सुन्न सकिन्छ । चर्चित निर्देशक काजिश श्रेष्ठको निर्देशनमा बनेको गितमा सक्किगोनी सिरियलकी लोकप्रिय पात्र रक्षा श्रेष्ठ र अर्जुन गौतम नाचेका छन ।

गितमा पहिलो भेटमै मायां बसेको त्यो मायां छताछुल्ल देख्न सकिन्छ , गितको भिडीयोलाई पनि निकै मेहनतका साथ निर्देशक श्रेष्ठले तयार पारेको उक्त गित इन्टरटेनमेन्ट युबट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो