पर्यटन बर्ष २०२० लाई लक्षित गर्दै पुतली बजारको ‘चिनारी’ गीत सार्वजनिक (भिडियो सहित)

पर्यटन भ्रमण बर्ष सन् २०२० लाई लक्षित गरेर स्याङ्जा जिल्लाको पुतली बजार नगरपालिकाले आफ्नो पर्यटन स्थलहरुको पहिचान सहित चिनारी गीत सार्वजनिक गरेको छ । नगरपालिका भित्र रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुलाई समेटिएर गीत तयार पारिएको नगर प्रमुख सीमा कुमारी क्षेत्रीले बताउनुभयो । पर्यटन भ्रमण बर्षलाई सफल बनाउन र आफ्नो क्षेत्रको पर्यटकीय क्षेत्रहरुलाई गीत संगीतको माध्यमबाट चिनाउन गीतले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख क्षेत्रीले बताउनु भयो । चिनारी गीतमा लोकनाथ सापकोटा र तारा पौडेल श्रेष्ठको स्वर रहेको छ भने गीतको रचना र संगीत लोकनाथ सापकोटाकै रहेको छ । तारानाथ आचार्यको एरेन्ज रहेको गीतमा प्रमोद गुरुङको छायांकन, होम गुरुङको नृत्य निर्देशन, बिजय गुरुङको ड्रोन, सुबास अम्गाईको सम्पादन रहेको छ ।