Monday, Jan 25 2021
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
सोमबार, १२ माघ २०७७
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • राशीफल
  • Videos
  • Contact Us

नेपाली काँग्रेस सोलुखुम्बु बिबादमुक्त हुनु पर्छ – नेता राम बहादुर बस्नेत

ScotNepal December 28, 2019
100 Shares
Share
Tweet
WhatsApp
Vibe

नेपालि काँग्रेस सोलुखुम्बुका युवा नेता, स्पष्ट वक्ता साथै २०४७ सालदेखि अविछिन्न रुपमा जिल्ला कार्यसमितिमा रहि काम गर्दै आउनुभएको छ । २०४२ सालमा पार्टीले संचालन गरेको सत्याग्रहमा ६ महिना काठमाडौंको सेन्ट्रल जेलमा जेल जीवनको पनि अनुभव लिनुभएको थियो साथै २०५८ सालमा लुम्बिनी विकास कोषको कोषाध्यक्ष पदमा नियुक्त भई सफलतापूर्वक आफ्नो कार्यकाल पुरा गर्नुभएको थियो । पार्टीको जिल्ला अधिवेशनमा प्रत्येक पटक लोकप्रिय मत प्राप्त गर्न सफल संगठन विभाग, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिमा मात्र सीमित नभइ जिल्ला सभापतिको आकांक्षी र प्रत्यासी समेत हुँदा चुनाव लड्न नपाएको र जसको विवाद आज सम्म पनि यथावत रहेको छ । पुन लोकतान्त्रिक पद्दतीमा नविनतम एकताकासाथ पार्टी संचालन गर्ने धोकोमा कुठराघात गरिएको गुनासो राख्नुहुने लोकप्रिय नेता महाधिवेशन प्रतिनिधि राम बहादुर बस्नेतसंग आजको सन्दर्भमा राष्ट्रिय राजनीति र सोलुखुम्बु नेपाली काँग्रेसको संगठनको बारेमा भएको संक्षिप्त कुराकारनीमा आधारित अन्तर्वार्ता :

१) काँग्रेस केन्द्रमा के गर्दैै छ ? र उपनिर्वाचनको परिणामको बारेमा यहाँको आफ्नो धारणा के हो ?

– नेपाली काँग्रेस एउटा गर्भिलो इतिहास बोकेको लोकतान्त्रिक जेठो पार्टी हो । नेपालको राजनीतिक इतिहासमा नेपाली जनताको हक र अधिकारको निम्ति लोकतन्त्रको लागि कुनै किसिमका तानाशाही शासकसंग सम्झौता नगरि लोकतान्त्रिक पद्दतिका लागि आजका दिनसम्म लडिरहेको पार्टी हो । आज पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई संस्थागत गर्न जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको छ । सत्ता स्वार्थको एकमात्र उद्देश्यको गठबन्धनबाट प्राप्त परिणामले बन्न पुगेको दुई तिहाइको सरकारले निर्माण गर्न लागिरहेको कम्युनिष्ट अधिनायकवादी शासनको विरुद्ध खबरदारी गर्दै झन संगठित रुपमा लोकतान्त्रिक विधिको रक्षाका निम्ति एउटा प्रभावकारी अभियानमा जुट्ने क्रममा छ काँग्रेस, जहाँसम्म उपनिर्वाचनको परिणामको सन्र्दभको कुरा गर्दा नेकपाको केन्द्रमा दुईतिहाइको सरकार, सातवटै प्रदेशमा सरकार र अधिकांश स्थानीय तहमा उनिहरुको सरकार छ । कार्यकाल अझै करिव तीन वर्ष बाँकी छ । यो उपनिर्वाचनले कुनै पनि सत्ता परिवर्त गर्ने कुरा थिएन । हामीले भोट माग्दा पनि जनतासँग त्यहि कुरा राख्यौं, र उपनिर्वाचनले सरकार बनाउन या बदल्न भैराखेको छैन तर तपाईको एक मतले सरकारलाई सच्याउन योगदान गर्न सक्छ भनेर मतदाताहरुलाई अपिल गरेका थियौं । यो चुनावले सरकार सच्चिनु पर्ने सन्देश प्रष्ट दिएको छ । चितवन भक्तपुर र धरानको जीत र मत परिणामलाई हेर्दा हामीलाई सन्तोष मिलेको छ, तर उत्साही बनाएको छैन । हामीले भोलिको दिनमा अझैं संगठित भएर मेहेनत गर्न आवश्यक छ । लोकतन्त्र विनाको विकास मात्रले आज नेपाली जनता मान्ने पक्षमा छैनन् भन्ने कुरा सत्ता धारीले बुझ्न जरुरी छ ।

२) पार्टीको अहिलेको केन्द्रको विवाद चाँहि के हो ?

– हामीले संस्कार भुल्यौं । पार्टीलाई संस्कार युक्त बनाउन सकेनौं । एउटा लोकतान्त्रिक पार्टी विधिविधान र संस्कारले बाँधिएको हुनुपर्छ । पार्टी संस्थागत चलाउनु पर्यो । विधानलाई च्यालेन्ज गरेर गुट झाँगिन थाले, जसले गर्दा संगठन कमजोर भएर गयो । हिजो पार्टी मिटिङ नै बहिस्कार गर्नु हुँदैन थियो । यो नेपाली काँग्रेसको दुर्भाग्य हो । आजको परिस्थितिमा सबै विभाग र भातृसंस्थाहरुलाई पूर्णता दिएर एउटा स्वच्छ लोकतान्त्रिक अभ्यासबाट नेपाली काँग्रेस पार्टीलाई एक ढिक्का बनाएर लानुको विकल्प छैन, लोकतन्त्र बचाउनुको खातिर । सधैं संस्थापन इतर पक्षले जे भन्यो त्यही हुबहु गर्नु पर्ने हो भने सभापति र सभापतिसँग भएको बहुमतको के काम भयो त ?त्यसैले अधिकतम सहमतिमा आएर पार्टीलाई अनिर्णयको बन्धि बनाउने काम कसैले पनि गर्नु हुन्न । हिजो जो जसले बसाएको भएपनि गलत नजिर, प्रथालाई अव सुधार गरेर नगए आज पार्टीमात्र होइन मूलक नै बर्बाद हुने निश्चित छ ।

३) प्रतिपक्षको भूमिका निर्वाह गर्न काँग्रेस असफल भएकै हो त ?

– नेपाली काँग्रेस एउटा जिम्मेवार पार्टी हो । यो सँधैं लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राख्दछ । आजसम्म भएका सबै ऐतिहासिक राजनीतिक परिवर्तनहरुको सफल नेतृत्व नेपाली काँग्रेसले मात्र गर्दै आएको छ । जे जस्तो वातावरण र परिस्थितिमा निर्वाचन भए पनि प्रतिष्पर्धाको लोकतान्त्रिक अभ्यासबाट प्राप्त परिणामलाई सिरोधार्य गर्ने संस्कार र परम्परा अनुरुप सरकारले आफ्नो काम अगाडि बढाओस् र जनताको पक्षमा काम गरोस् भन्ने हाम्रो चाहना हो । हामी गैह्रजिम्मेवार ढंगले हिजोको जस्तो कम्युनिष्टहरुले गरेको बन्द हड्ताल र रेरिङ भाच्ने काम त हामीले नगरेको चाहि पकै हो । नेपालकै इतिहासमा यो शक्तिशाली सरकार हो । यसलाई केही पनि अप्ठ्यारो छैन, यति जिम्मेवार प्रतिपक्षले पाएको छ, तै पनि सरकार सबै सेक्टरमा बदनाम र असफल भइ सक्यो । प्रतिपक्षले मुलुकको विकासको लागि हैन, लोकतान्त्रिक मुल्यमान्यता र पद्दतिको निम्ति लड्नु पर्ने बाध्यता भइसक्यो । अब सरकारको कार्यशैली सुधार गर्न जनताको पक्षमा निष्पक्ष काम होस् भनेर प्रतिपक्ष सडक र सदन दुवै ठाउँमा शसक्त ढंगले अगाडि बढ्छ र बढ्नुपर्छ । यो विषयमा हामीसंग पार्टीभित्र कुनै मतमतान्तर छैन । अव प्रतिपक्ष देखिन्छ ।

४) सोलुखुम्बु नेपाली काँग्रेसको संगठनको अवस्था र विद्यमान विवादको विषयमा तपाईको भनाई के हो ?

– सोलुखुम्बु जिल्लाको नेपाली काँग्रेसमा धेरै लामा समयदेखि विवाद नै रहेको इतिहास छ, तर पछिल्लो समयमा बैधानिक रुपमा नै जिल्ला कार्यसमितिको निर्वाचनको बारेमा विवाद सिर्जना भयो । त्यस सम्बन्धमा भएको उजुरी, अनसन, छानवीन समिति गठन र छानवीन समितिको प्रतिवेदन यी सबैको विषयमा सबैलाई राम्रोसँग जानकारी छ । यस विषयमा जिम्मेवार पक्ष नराम्रोसँग चुुकेकै हो । जसको परिणाम स्वरुप हामी स्थानीय तहमा नराम्रोसँग पराजीत भयौं, जसको प्रत्यक्ष असर केन्द्र र प्रदेश सभाको निर्वाचनमा पनि पर्यो । नेताहरु अझै यस सबकबाट पनि ज्ञान आएको देखिदैन । मुलुको राष्ट्रिय राजनीतिले सत्ता स्वार्थलाई केन्द्रमा राखेर गठबन्धन गरी मुलुकमा सर्वसत्ता लाद्न खोजिरहेको बेला हामी सबैले आजको दिनमा विगतका सबै कुरा विर्सिएर पार्टीभित्र बृहत्तर र भावनात्मक एकताको लागि साझा धारणा बनाउन आवश्यक छ । हिजो नेतृत्वमा रहेर पार्टी हाक्ने साथीहरुले पार्टीभित्र राजनीतिक सन्तुलन कायम गर्न नसक्दा, निषेध शैली अपनाउँदा र अनुशासन कायम गर्न नसक्दा आज हामी सबै यो अवस्थामा आइपुग्यौं । हामी आफ्नै कार्य शैलीका कारण पार्टीभित्र कमजोर हुुँदै छौं, यहातिर हामी सबैले गम्भिरतापूर्वक नसोच्ने हो भने कसैको पनि राजनीतिक भविष्य सोलुखुम्बमा छैन । अब केन्द्रको मात्र मुख ताकेर नबसि सबै नेता कार्यकर्ता एक ठाउँमा बसेर एउटा राजनीतिक निर्णय गर्दै पार्टीमा एउटा थलोबाट संगठनको बारेमा चिन्तन, मनन र निर्णयमा पुर्याउने गरि गतिलो अभियान सुरु गर्न आवश्यक भैसक्यो ।

५) जिल्ला अधिवेशन नजिकिदै गर्दा के तपाई सभापतिमा उठ्ने योजनामा हो ?

– मैले प्रत्येक जिल्ला अधिवेशनमा सवै सभापतिका आकांक्षी भन्दा धेरै मत अगाडि ल्याएको छु । मैले बाह्रौ जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार हुने मत मात्र होइन चाहना राखेको थिए । तेह्रौं जिल्ला अधिवेशनमा मैले सभापति पदमा उम्मेदवारीको दरखास्त नै दिएको हुँ, यस विषयमा त्यो सिङ्गो जिल्ला नै साक्षी छ । वास्तबमा हाम्रो जिल्लामा लामो समयदेखि निषेध, सिन्डिकेट पद्दतिमा पार्टीलाई यसम्यान उत्पादन कारखाना बनाउने काम भयो । हिजोको जस्तो पजनी शैलीले अब संगठन चल्दैन । हिजो एक ढंगले चल्यो त्यो बेग्लै कुरा हो ।

आज पार्टीभित्र खुल्ला बहस र छलफल आवश्यक छ, हामीले कहाँ गल्ति गर्यौ ? अब कस्तो काँग्रेस र कसको नेतृत्वमा अगाडि जाने भन्ने विषयमा गम्भिर रुपमा सोच्नु पर्ने बेला आयो । इच्छाशक्ति सबै करा होइन, निष्ठा, इमान्दारीता र योग्यता पनि हुनुपर्दछ । अबको जिल्ला हाक्ने नेतृत्वले एउटा नयाँ भिजन र मिसन सहितको राजनीतिक तरंग ल्याउन सक्नु पर्दछ । सबैलाई समेटेर डाइनामिक संगठन बनाउने योजना हुनुपर्दछ । पार्टीको अधिवेसनले मात्र पार्टीलाई लोकतान्त्रिक बनाउछ, खुल्ला राजनीतिक प्रतिष्पर्धा र अन्तरपार्टी पुर्ण लोकतान्त्रिक अभ्यास आजको अपिरिहार्यता हो । हेनुस् म २०४७ सालदेखि जिल्ला कार्यसमितिमा छु । आजसम्म एउटा पनि पार्टीको जिल्ला सम्मेलन हुन सकेन, गराइएन । विधानमा प्रत्येक वर्ष जिल्ला सम्मेलन गर्ने व्यवस्था छ, पार्टीको विधान र नियामवलीमा भएको सवै व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गरियो भने मात्र पनि ७० प्रतिशत संगठनको काम हुन्छ । यतातिर कुनै पनि सभापतिले ध्यान नै दिएनन्, धन्न काँग्रेस टिकेको पो छ ।

अब चौधौं महाधिवेशनको कार्यतालिका पनि आउँदछ, जसले सबै तहको अधिवेशन अवको १५ महिना भित्र सम्पन्न हुनु पर्छ । त्यसैले सोलुखुम्बुमा चौधौं जिल्ला अधिवेशन सम्मपन्न हुँदै गर्दा कसैले पनि आफ्नो योग्यता, क्षमता र निष्ठाका आधारमा उम्मेदवार हुन पाउने वैधानिक अधिकारबाट वन्चित हुने वातावरण नबनोस् र त्यस्तो चेष्टा कसैले पनि नगरोस् भन्ने कुरामा सबैको गम्भिर रुपमा ध्यान जानु आवश्यक छ । जसका कारणले हामीले भोगिरहेको पीडा र कठिनाइ ताजै छन् । हेनुस्, आजसम्मका राजनीतिक करियर दाउमा राखेर भएपनि मिलाउन र विधि पद्दति एवं संस्कारयुक्त पार्टी निमार्ण गर्न कुनै कसर पनि बाँकि नराखी कृयाशिल हुने योजनामा छु ।

६) अन्तमा ने.क.पा को सरकारको बारेमा तपाईको थप टिप्पणी के छ ?

– नेपाली जनताले यो सरकारसँग जुन अपेक्षा राखेका थिए त्यो हुन सकेन, सरकारबाट भएका सबै काम कार्वाही कम्युनिष्ट शासन निमार्ण गर्ने बाटोतिर तल्लिन देखिन्छ । सबै क्षेत्रमा सरकार असफल भैसक्यो । हत्याहिंसा, बलत्कार, भ्रष्टाचार, महंगी मात्र होइन अधिकार खोस्ने र निरंकुशता लाद्ने गरी एक पछि अर्को विधेक संसदमा पेश हुन थाले, यसले के देखाउँछ भने सरकार दिनप्रति दिन लोकतन्त्रको उपेक्षा मात्र होइन धज्जी उडाउने काम गरिरहेको छ । सरकारको राष्ट्रवाद लुते भयो, भारतबाट भएको सीमा अतिक्रमणको यति ठूलो गम्भिर र सम्बेदनशील विषयमा सिंगो राष्ट्र एकजुट भएको अवस्थामापनि कुनै प्रभावकारी ढंगले कुटनितिक माध्यमबाट पहलकदमी नदेखिनुले र प्रधानमन्त्रीको लामो समयसम्मको मौनताले हिजो केपी ओलीको राष्ट्रवाद आज लम्पसारवादको रुपमा गएको प्रष्ट देखियो । सरकार पूर्ण रुपमा डराएको देखियो, यस्तो सरकारसँग जनताले के आशा राख्ने ?
सरकारका यी सबै जनविरोधी प्रवृत्ति सच्याउन प्रयाप्त जनदवाव सिर्जना गर्नुपर्ने अवस्था आइसक्यो ।

100 Shares
Share
Tweet
WhatsApp
Vibe

भगवानको शक्ति यस्तो रोग निको हुने अलौकीक ठाउ भेटियो म्याग्दीमा

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
ScotNepal.Com
 
ScotNepal.Com
Public group · 7,683 members
Join Group
यस ग्रुपमा हुनु भएका सम्पूर्ण मेम्बरहरुले पोस्ट गर्दा बिसेष गरि अपच सब्द , हेर्न नालायक तस्बिर शेर नगर्न हुन् हार्दिक अनुरोध गर्दछौ । www.scotnepal.co...
 
  • ताजा
  • मुख्य
  • लोकप्रिय

एकाविहानै सच्चा मनले पशुपति नाथको दर्शन

2 घण्टा अगाडि

बिहान उठेर महिलाहरूले यस्तो काम गर्दा

2 घण्टा अगाडि

मुख्यमन्त्री शेरधन राई र पुर्व मिस

2 घण्टा अगाडि

समाज सेवी जानकी पन्त दुखि पिडित

2 घण्टा अगाडि

देशमा शिक्षा किन छैन? देशमा रोजगार

3 घण्टा अगाडि

विदेशबाट फर्किएकी श्रीमतिको ब^ञ्चरो प्रहार गरी

3 घण्टा अगाडि

सडकका साथी भेट्दा स्टेजमै रोए अशोक,

3 घण्टा अगाडि

दमकमा आएर अशोकले आफ्ना साथि देख्दा

5 घण्टा अगाडि

एकाविहानै सच्चा मनले पशुपति नाथको दर्शन

2 घण्टा अगाडि

बिहान उठेर महिलाहरूले यस्तो काम गर्दा

2 घण्टा अगाडि

मुख्यमन्त्री शेरधन राई र पुर्व मिस

2 घण्टा अगाडि

समाज सेवी जानकी पन्त दुखि पिडित

2 घण्टा अगाडि

देशमा शिक्षा किन छैन? देशमा रोजगार

3 घण्टा अगाडि

विदेशबाट फर्किएकी श्रीमतिको ब^ञ्चरो प्रहार गरी

3 घण्टा अगाडि

सडकका साथी भेट्दा स्टेजमै रोए अशोक,

3 घण्टा अगाडि

दमकमा आएर अशोकले आफ्ना साथि देख्दा

5 घण्टा अगाडि

एकाविहानै सच्चा मनले पशुपति नाथको दर्शन

2 घण्टा अगाडि

बिहान उठेर महिलाहरूले यस्तो काम गर्दा

2 घण्टा अगाडि

मुख्यमन्त्री शेरधन राई र पुर्व मिस

2 घण्टा अगाडि

समाज सेवी जानकी पन्त दुखि पिडित

2 घण्टा अगाडि

देशमा शिक्षा किन छैन? देशमा रोजगार

3 घण्टा अगाडि

विदेशबाट फर्किएकी श्रीमतिको ब^ञ्चरो प्रहार गरी

3 घण्टा अगाडि

सडकका साथी भेट्दा स्टेजमै रोए अशोक,

3 घण्टा अगाडि

दमकमा आएर अशोकले आफ्ना साथि देख्दा

5 घण्टा अगाडि

MUST VISIT

Popular Posts

अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)133K Total Shares
कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !102K Total Shares
जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)92K Total Shares
जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)67K Total Shares
हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !66K Total Shares
असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !63K Total Shares
आज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंआज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं63K Total Shares
बि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares
बि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares
आज बि.सं. २०७७ वैशाख १४ गते आइतबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंआज बि.सं. २०७७ वैशाख १४ गते आइतबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares

सम्बन्धित समाचारहरु

  • देशमा शिक्षा किन छैन? देशमा रोजगार किन छैन? देश मा...

  • संसारलाई ढाकेको अदृश्य कालो बादल : कोरोना भाइरस

  • News 24 छोडेपछि अब रबि लामिछानेले के गर्नुहुन्छ ?

  • ‘केपी ओलीको खोक्रो राष्ट्रवादी हो। जुनदिन ओलीले संसद विघटन गरे...

  • वक्ताहरुले भने राजनीतिक जनपरामर्श सम्मेलन अबको विकल्प हो | एमसीसी...

  • महलका झलमल ज्योति देखि, दियालॊको बस्ति बस्तीमा !

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2021, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy

Privacy Overview

This website uses cookies to improve your experience while you navigate through the website. Out of these, the cookies that are categorized as necessary are stored on your browser as they are essential for the working of basic functionalities of the website. We also use third-party cookies that help us analyze and understand how you use this website. These cookies will be stored in your browser only with your consent. You also have the option to opt-out of these cookies. But opting out of some of these cookies may affect your browsing experience.
Necessary
Always Enabled

Necessary cookies are absolutely essential for the website to function properly. This category only includes cookies that ensures basic functionalities and security features of the website. These cookies do not store any personal information.

Non-necessary

Any cookies that may not be particularly necessary for the website to function and is used specifically to collect user personal data via analytics, ads, other embedded contents are termed as non-necessary cookies. It is mandatory to procure user consent prior to running these cookies on your website.