१ बर्ष हुँदा बाबु म रे, आमा पोईल गईन्, घटना सुनेर पत्रकार नै रोए (भिडियो)

बिष्णु चेपाङ उमेरले १८ बर्ष भए । जन्मीएको एक बर्षबाटै आमा बाबुको माया नपाएका उनी कक्षा ५ भन्दा बढी पढ्न पाएनन् । गरिबीकै कारण उनकी हजुरआमाले उनलाई हुर्काईन् र अहिले उनी बिभिन्न ठाउँमा ज्यामी काम गरिरहेका छन् । उनी एक बर्षको हुँदा बाबा बिते, आमा पोईल गईन् । उनै हजुरआमा पाल्नका लागी उनी अहिले देशका बिभिन्न ठाँउहरुमा गएर मजदुरी गर्छन् । लमजुङको सुन्दरबजारमा पनि उनी मजदुरी गर्न गए । काम गर्न गएको केही दिनमै ढिस्कोले पुरीएर झण्डै ज्यान गुमाए । संगै काम गरेका संगम चेपाङ्को भने ज्यान गयो उनी भने भाग्यले बाँचे ।
पौगान ९ गते भएको लमजुङको घटनाकोे बारेमा रिपोर्टिङ गर्न जाँदा त्यहा रहेका घाईतेसंग घटनाको बास्तबिकता बुझ्दा उक्त कुरा पत्ता लागेको हो । घरको रिटेनिङ वाल लगाउने क्रममा माटोको ढिस्कोले पुरीएर १ को ज्यान गएको थियो भने ५ जना घाईते भएका थिए ।