अचम्मै पार्ने लुकेका यस्ता प्रतिभाहरु जसले नेपाल हल्लाउने पक्का, चकित पार्ने यति मीठो स्वर ( भिडियो)

पाथीभरा एफ एम दमकको एउटा गायन कार्यक्रम जसलाई दिपक ओलिले सन्चालन गर्छन । कार्यक्रम खुल्ला मन्च जसले हरेक हप्ता गाउँ तथा सहर जताततै लुकेर रहेका प्रतिभालाई स्थान दिने गर्छ । कार्यक्रम प्रस्तोता दिपक ओलि रचनाकार संगीतकार तथा गायक पनि हुन । नेपाली संगीत छेत्रमा निकै अनुभबी संगीतकार दिपक ओलिले सधै नयाँ कलाकारलाई अवसर दिने गरेका छन । दिपक ओलिको भर्खरै बजारमा आएको गित राम राम तिम्रो कसमले निकै चर्चा कमाएको पनि थियो । गित गाउन रहर हुने तर अवसर नपाएकाहरुका लागि खुल्ला मन्चले हौसला बढाउने काम पनि गरेको छ ।

निकै पुरानो कार्यक्रम मार्फत आफ्नो कला देखाएर आफुलाइ चिन्ने मौका पाएका धेरै कलाकारहरुले आफू नेपाली साङितिक छेत्रमा स्थापित नै गरिसकेका छन । धेरै भाग पार गरिसकेको खुल्ला मन्चको कार्यक्रममा पुग्दा अचम्ममै परेको थियो सुपर अनलाइन टिभी टिम । दुई सय भागको गौरभमय कार्यक्रममा विभिन्न हप्ता बिजय हुने बिजेताहरुको उपस्थिति थियो । उनिहरुले पालैपालो यसरी गित गाएर सुनाए कि सबै चकित नै परे ।

उनिहरुले गित गाइरहदा अहिलेको चर्चित रियालिटी सो नेपाल आइडलले पाउनैपर्ने यति राम्रा प्रतिभाले नेपाल आइडल जित्ने नै पक्का देखिन्थ्यो तलको भिडियोमा हेर्नुहोला छक्क पर्नुहुनेछ