७६ बर्षिया बुढी आमा र ४७ बर्षिय दृष्टिविहिन छोराको कथा (भिडियो सहित)

७६ बर्षिया आमाको कोही छैन यो संसारमा साहारा, एउटा भएको छोरा पनि आखाँ देख्दैनन । भिडियो सहति

गुल्मी जिल्ला सदरमुकाम तम्घास देखि २५ किलोमिटर पश्चिम गाडीको यात्रामा पुगिने ठाँउ हो कुमाल डाडाँ । मालिका गाउँपालिका अन्र्तगत वडा नम्बर ७ मा पर्ने यो कुमाल बस्तीमा धेरै घरहरुमा कुमालजातिको बाहुल्यता रहेको क्षेत्र हो । यो संसारमा आखाँले हेरी सारा संसारै घुम्ने रहर त कस्लाई पो नहोला र ? तर दुभाग्र्य यो संजोक सबैलाई जुदैन अनि जुरे पनि सँधै नटिक्न पनि सक्छ । छोटे कुमालको जिन्दगीमा पनि यस्तै भयो । पहिले संसार देखे अहिले संसार अन्धकार छ उनको लागी । ४७ बर्षका छाटे कुमाल दृष्टि बिहिन भएको लगभग ४० बर्ष भयो । उनकी ७६ बर्षीय आमा छिन उनि पनि दृष्टि विहीन नै । उनको जिन्दगी निकै कष्टपूर्ण छ । आमा छोरा दुबै आखाँ नदेख्ने त्यसै माथि साहारा कोही पनि नहुदा जिन्दगी चलाउनै मुस्किल ।

हामी भन्दा पहिले केही पत्रकार साथीहरु गएर केही सहयोग गरेर फर्किएको थाहा पाए पछि हामी पनि त्यहाँ पुगेयौ । त्यहाँ पुग्दा थाहा भयो त्यो गाउँमा त यस्तै साहार बिहिन परिवार ४ घर भन्दा पनि बढी नै रहेछन । हाँमीले केही सहयोग गरेर त्यहाँबाट फर्कियौ । तर पनि सके जति सहयोग गर्ने त सकेनौ । त्यसैले यो भिडियो मार्फत सहयोग गर्न कोही चाहानुहुन्छ भने यसै पत्रकार महेश बोहराको ९८४७३८९११५ माध्यमबाट सहयोग रकम पठाउन सक्नुहुन्छ । हामी ति ४ घरपरिवारको नै भिडियो यस यात्रा अनलाईन टि.भी मा प्रस्तुत गर्ने छौ अहिलेलाई हेर्नुहोस छोटे कुमालको यो कष्टपूर्ण जिन्दगीको यो सानो भिडियो ।