झापा काण्ड#जन्ती लिएर बेहुली लिन पुगेका बेहुला चार लाख जरिवाना तिरेर फर्किए (भिडियो सहित)

जन्ती लिएर बेहुली लिन पुगेका बेहुला पक्षले बेहुली त ल्याउन पाएनन्, पाएनन्उ ल्टै बेहुलीका परिवारजनलाई चार लाख रुपैयाँ जरिवाना तिरेर फर्किनु परेको एउटा अच्चमको घटना झापामा सार्वजनिक भएको छ । बेहुला पक्षले बेहुली पक्षलाई ढाँटेर विवाह गर्न लागेको भन्दै विवाह मण्डपमै बेहुली परिवारजनले उक्त कुरा थाहा पाएपछि झापाको बुद्ध शान्ति गाउँपालिकामा मंसिर २९ गते आइतबार दिनभर तनाव उत्पन्न भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार भद्रपुर नगरपालिका ७ का सुवेदी थरका एक युवक आइतबार बिहान बाजागाजासहित जन्ती लिएर बुद्ध शान्ति गाउँपालिका २ बस्ने न्यौपाने थरकी युवतीसँग विवाह गर्न उनका घर पुगेका थिए। बेहुली पक्षले विवाहका लागि सम्पूर्ण तयारी पूरा गर्दै जन्ती लिएर आएका बेहुलालाई वैवाहिक परम्परा अनुसार भित्राएर विवाह मण्डपसम्म लिएर गएका थिए। बेहुला मण्डपमा पुगेपछि बेहुली पनि मण्डपमा विवाहका लागि तयार भएर गइन्। जब बेहुलाले स्वयम्भरमा बेलुकीको सिउँदोमा सिन्दूर हाल्न खोजे बेहुलाको एउटा हात नै माथि उठेन। त्यस पछि के भयो भिडियोमा हेर्नुहोस ।