प्रेमको नाटक गरेर युवतीको लाखौ लुट्ने युबक पक्राउ,प्रहरीले गर्‍यो यति राम्रो काम (भिडियो सहित)

प्रेमको नाटक गरेर एक युबतिलाई काठमाडौका एक युवकले लाखौ रकम ठगेको कुरो बाहिर आएको केही समय बित्न नपाउदै प्रहरीले पक्राउ गर्न सफल भएको छ । सबिन श्रेष्ठ नाम गरेका युबकले लाखौं रुपैयाँ पटक पटक गरेर ठगेका मात्र नभई मोरङ बेलबारी घर भएकी दिक्ष्या चौधरी नाम गरेकी एक युवतीलाई मायाको नाटक गरेर सुन चादि लगायतका लाखौ धन सम्पत्ति कुम्ल्याएका थिए। गरिब परिवारकि दिक्ष्यालाई पटक पटक माया गर्छु मन पराउछु भनेर बिश्वास दिलाएपछी उनिहरुको बिबाह गर्नेसम्म कुरो पुगिसकेको बताउछिन ती युवती ।

पटक पटक पैसाको समस्या देखाउदै रुनेसम्मका नाटक गरेपछी रिन काडेर समेत पैसा पठाएको बताएकी छिन । बिबाह बन्धनमा बाधिने भनेर परिवारसम्म नै कुरा पुगेको थियो । बिहे नै गर्नेसम्मको कुरा भएपछि ढुक्क परेकी युबतीलाइ कहिले बाइक बिग्रीयो कहिले बिरामी भए भन्दै बारम्बार पैसा मागेपछि युबतिले पैसा पठाउदै गएको कुरा उनले रुदै सुनाएकी थिइन । त्यसैक्रममा ती युबतीका भाइ र भिनाजुलाई पनि बिदेश पठाइदिन्छु भन्दै करिब सात लाख रुपैयाँ लगेको रहेछ । अहिले सम्पर्क बिहिन भएको बताउछिन । बेलबारीका एकजना समाजसेवी डि बि लिम्बूका अनुसार ती युबतीका घरमा कोहि नभएका आमा बाबू वृद्ध अवस्थामा रहेका छन । छोरिको रुदारुदै यो हालत भएको देख्दा आमाबाबुको पनि रुदारुदै दिन रात बित्छ ।

हरेक पटक युबतीले पठाएको भौचर रसिद समेत देखाउदै उनले आँसु थाम्न सकिनन । डाको छाडेर रुदै उनले सुरुदेखी अहिलेसम्मको सम्पुर्ण नालीबेली यसरी बताउदा भिडियोमा बिजोक अवस्था देखेर ती युबतीको घरसम्मै पुगेका झापा दमकका समाजसेवी कुमार राईका समेत आँखा रसाए । प्रहरीले काठमाडौमा ती युबकलाइ पक्राउ गरिसकेपछी चौबीस घन्टाभित्र नै काठमाडौ जानुपर्ने भएपछी तिनै समाजसेवी कुमार राईले नै गाडीभाडा समेत दिएर काठमाडौसम्म ती पीडित दिक्ष्या र समाजसेवी डि बि लिम्बू र उनकी श्रीमतीलाई पठाएका छन । अब के गरिन्छ त ती ठग युवालाई काठमाडौ जानुभन्दा अगाडी यस्तोसम्मका कुराहरु भनेर हिडेका छन तलको भिडियोमा हेर्नुहोला