पाथिभरामाताले सबैको कल्याण गरुँन ! मंसिर ३० गते सोमबारको राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल

आजको राशिफल बि.सं. २०७६ साल मंसिर ३० गते सोमबार ई. सं. २०१९ डिसेम्बर १६, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्गशिर्ष शुक्लपक्ष चौथी तिथी, अश्लेषा नक्षत्र, चन्द्रमा कर्कट राशिमा। ऐश्वर्य योग, कौलव करण। नेपालमा, सूर्योदय बिहान ०६ः४९ बजे, सूर्यास्त साँझ ०५ः०९ बजे हुनेछ। आज जन्म लिने बच्चाको राशि कर्कट हुन्छ। आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार समय, तिथि, नक्षत्र ईत्यादीमा पनि अन्तर हुनेछ।

मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० –आज तपाईका लागि राम्रो दिन छैन । बनिसकेको काम बिग्रन सक्छ । होसियारीसाथ काम लिनुपर्ने समय छ । काममा लगानीको समय छ । आज गरिएको श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूको भरमा पर्दा धोका हुनसक्छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो। आज कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कार्यसिद्धि मन्त्र ॐ श्री स्वस्थानीपरमेश्वर्यै नमः २१ पटक जप गर्नु शुभ हुनेछ।

बृष ९इ, उ, ए, ओ, बा, बि, बु, बे, बो० –रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरि छाडिने छ । बौद्धिक र प्राज्ञिक क्षमता बढ्ने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कार्यसिद्धि मन्त्र ॐ विघ्नविनाशिने नमः २१ पटक जप गर्नु उत्तम हुनेछ।

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, ह० –व्यवसायको सन्दर्भमा टाढाको यात्राको सम्भावना देखिन्छ । सोचेको काम बनाउन अनायासै खर्च बढाउनु पर्ने हुनसक्छ । वैदेशिक यात्रा वा कामकाजबाट भनेजस्तो फाइदा लिन सकिने छैन । जतिबेला पनि मनमा डर र त्रासको निवास हुने भय छ । मनको निराशाभाव र आत्मबलको कमीले गर्नै पर्ने काममा बाधा पुग्नसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कार्यसिद्धि मन्त्र ॐ कमलायै नमः १० पटक जप गर्नु शुभ हुनेछ ।

कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० –आम्दानीका नयाँ स्रोत फेला पर्नेछन। गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कार्यसिद्धि मन्त्र ॐ नमः शिवाय २१ पटक जप गर्नु शुभ हुनेछ ।

सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० –वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । हरदम सचेत र सतर्क रहनु पर्छ, नत्र समयमा होस नपुग्नाले हुनै लागेको आम्दानीमा बाधा पुग्न सक्छ । शत्रुहरु र प्रतिस्पर्र्धीको चलखेललाई सँगीसाथीको मद्दतले तोड्न सफल भइने छ । होसियारीसाथ काम लिनुपर्ने समय छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो हो । आज कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कार्यसिद्धि मन्त्र ॐ अनन्ताय नमः ०९ पटक जप गर्नु शुभ हुनेछ

कन्या ९टो, प, पि, पु, ष, ण, ठ, पे, पो० –नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । धार्मीक तथा सामाजिक कार्यकोे अवसर प्राप्त हुनेछ । धेरैले तपाईको तारिफ गर्नेछन । प्रतिष्ठा कमाउने बेला छ । घर–गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कार्यसिद्धि मन्त्र ॐ बगलामुखीदेव्यै नमः ११ पटक जप गर्नु शुभ हुनेछ ।

तुला ९र, रि, रु, रे, रो, ता, ति, तु, ते० –आस मारेको फल पुनः प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्र्धी परास्त हुनेछन । सहयोगीहरूले राम्रै साथ दिनेछन र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कार्यसिद्धि मन्त्र ॐ पितृभ्यो नमः २१ पटक जप गर्नु शुभ हुनेछ ।

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु० –भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ ब्रह्मणे नमः १० पटक जप गर्नु शुभ हुनेछ ।

धनु ९ये, यो, भ, भि, भु, ध, फा, ढ, भे० –मनमा कताकता निराशा र डर भए पनि कामबाट प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्र्सदिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ बृ बृहस्पतय नमः २१ पटक जप गर्नु शुभ हुनेछ ।

मकर ९भो, ज, जि, खि, खु, खे, खो, गा, गि० –आज विवाद र बहसमा विजयी भइने दिन छ । आशा गरेअनुरूप सहयोगी जुट्ने छन। गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कार्यसिद्धि मन्त्र ॐ इन्द्राण्यै नमः ११ पटक जप गर्नु शुभ हुनेछ ।

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, द० –पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने छ । पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ । व्यापारमा सामान्य फाइदै हुनेछ । श्रमको उचित मूल्यांङ्कन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ नागदेवताभ्यो नमः ०९ पटक जप गर्नु शुभ हुनेछ ।

मीन ९दि, दु, थ, झ, ञ, दे, दो, च, चि० –आज समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन। आँटेका काम पनि सजिलै सम्पन्न हुनेछन। उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कार्यसिद्धि मन्त्र ॐ वासुदेवाय नमः ०९ पटक जप गर्नु शुभ हुनेछ ।