सुरेशको संगीत , मेलिनाको स्वरमा ” मेहेन्दी ” सार्वजनिक (भिडियो)

मंसिर महिनालाई बिहेको महिना पनि भनिन्छ । अहिले चारैतिर बिहेको माहोल चलिरहेको बेला हाल अमेरिकामा रहेका गीतकार तथा संगीतकार सुरेश घोन्डे गुरुङले ” मेहेन्दी ” बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन । गीतमा आफ्नो प्रिय मान्छेको नाममा मेहेन्दी लगाउने केटी मान्छेको उत्सुकता , चंचलता , प्रेम को भाव गीत र म्युजिक भिडियोमा देख्न सकिन्छ ।

यस गीतमा स्वर चर्चित तथा लोकप्रिय गायिका मेलिना राईको रहेको छ । गीतमा शब्द र संगीत सुरेश घोन्डे गुरुङको रहेको छ । गीतको संगीत संयोजन राजिव शाहले गरेका हुन् ।

अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोमा चर्चित नायिका प्रियंका कार्की तथा मोडेल महेश खड्काको अभिनय रहेको छ । मिलन विश्वकर्माले भिडियो सम्पादन गरेका हुन् । बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा भिडियो तयार भएको हो ।

बहुप्रतिभाशाली व्यक्तित्व सुरेश घोन्डे गुरुङ गीतकार , संगीतकारका अलावा मोडेल , भिडियो सम्पादक तथा निर्देशक समेत हुन् । यसघि ” भाचिदेउ कि बारुली कम्मर ” बोलको बोलको गीत सार्वजनिक गरेर चर्चा कमाएका गुरुङले मेहेन्दी गीतबाट स्रोता तथा मिडिया हाउस बाट सकारात्मक प्रतिक्रिया तथा साथको अपेक्षा गरेका छन । सुरेश घोन्डेगुरुङको अफ़िसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।