स्व.रबिन्द्र अधिकारी श्रीमती बिद्या भट्टराई भारि मतले बिजयी पहिलो अन्तरबार्तामै पिलपिल आशु(भिडियो सहित)

कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् ।

आइतबार साँझ सकिएको मतगणनाअनुसार भट्टराईले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाएका छन् ।

निर्वाचित भएको घोषणा भएपछि भट्टराईले आफ्ना दिवंगत पति रवीन्द्र अधिकारीलाई सम्झिइन् ।भाबुक बनेकी बिद्याको आखामा पिलपिल आशु देखिएका थिए केहि खुसि अनि केहि पिडाको भाब देखीएको थियो उनले भाबुक हुदै भनिन ‘यो जनमत रवीन्द्र अधिकारीप्रतिको सम्मान र नेकपा र म प्रतिको भरोसा मानेको छु’ उनले भनेकी छन् ।

हेर्नुहोस उनि निर्बाचित भएपछिको पहिलो अन्तरबार्ता