शान्तिश्री भक्कानिएर रोएपछि बिष्णु भट्टराईको निर्देशनमा बन्यो यस्तो दर्दनाक भिडियो

अर्काको देखासिकी गरेर कहाँ हुन्छ र ? फलानोको छोरो अमेरिका गयो अस्ट्रेलिया गयो मेरो छोरो पानी मरुवा भयो घरमै बुढी कुरेर बस्छ भनेर कहाँ हुन्छ र? बिदेशमा रुखमा पैसा फल्छ टिपेर ल्याउने हो भन्ने सोचाई राख्नेहरु हामीहरुले सोचे जस्तो सजिलो विलासी जीवन कहाँ छ र विदेश ? घण्टा घण्टा को हिसाब किताब हुन्छ, बिरामी पर्दा सहयोग गर्ने कोइ हुदैन , घाम पानी , भोक प्यास ले जब सताउन थाल्छ अनि घरको धेरै याद आउछ l हो त्यसैलाई थाहा छ प्रदेश के हो , परिवारबाट टाढा जादाको पिडा के हो ? हाम्रै समाजमा देखिएका केहि यथार्थ बिसय बस्तुलाई समेटी बजारमा सार्बजनिक गरिएको पछ्यौरीले छोटो समयमा दर्शकको मन जितेको छ

लोक तथा दोहोरी गायक ऋषि खड्का र गायिका शान्ति श्री परियारको आवाजमा रहेको छ ,राजु महोत्राको शब्द र संगीत स्वयम् गायक खड्काकै रहेको उक्त गीतमा घरको आर्थिक अवस्था एकदमै कमजोर भएका कारण परिवारलाई सुख दिने सपना बोकेर नचाहेरपनि बिदेशीनु परेको अवस्थालाई कथामा उतारिएको छ ।

घरको आर्थिक अवस्था कमजोर भएकै कारण रोजगारीको लागि गाउँघरलाई छोडेर बिदेशीनु परेको दुखद अवस्थालाई कलाकार राजु महोत्रा र मिरा महोत्राले वास्तविक अभिनय मार्फत उतारेका छन् । साथमा कुलचन्द्र पुरी, नविन मरासीनी र क क्षेत्री, गौतम जिसी, सन्तोस शर्मा, हिमाल कुवँर र पुष्पा केसीकोपनि अभिनय देख्न सकिन्छ ।

पछिल्लो समय स्वदेशमा बसेर रोजगार र आर्थिक अवस्था बलियो नहुनेभएपछि रहर र चाहना नहुँदानहुदैपनि धनपैसाको लागि बिदेशीने युवाहरुको संख्या बढ्दो छ । बिदेशमा गएरपनि दुख पाएर बिना कसुरको सजाय भोगीरहेका धेरै नेपालीहरु छन् ।

आकाशमा उडेर गएका बाकसमा फर्किहरुपनि धेरै छन् । यस्तै वास्तविक्ता कथालाई गीतमा देखाईएको छ । गीतको निर्देशन छायांकन तथा सम्पादन विष्णु भट्टराईले गरेका छन् भने स्वाभिमान क्रियशनको युट्युव च्यानलमार्फत गीतलाई बजारमा लाईएको हो ।