नेपाली जनताको असली नेता गोकर्ण बिष्ट, घाइतेको उद्दारको लागि हेलिकप्टर लिएर पुगे । सलुट छ सर!

गुल्मी/गुल्मीको इस्मा गाउँपालिकाबाट कुलपुजाको लागि बाग्लुङ्गको निसिखोला जाँदै गरेको जीप दुर्घटना भएको छ। खबर लगत्तै घाइतेहरुको उद्धार तथा उपचारको व्यवस्थाका लागि माननीय गोकर्ण विष्ट नेपाली सेनाको हेलिकप्टर लिएर वुर्तिबाङ पुगी गम्भीर घाइते अवस्थामा रहेका तीन जनालाइ थप उपचारका लागी लिएर काठमाडौ तर्फ प्रस्थान गर्नुभएको छ।

थप उपचार शिक्षण अस्पताल महाराजगन्ज हुने बताइएको छ नेपालको इतिहासमा सायद यो अनुहार सबैभन्दा पहिलो होला जो पीडित घाइते जनताहरुसङ्ग उभिएको छ । त्यसै खुट्टा बजारेर सल्युट गोकर्ण सर। अहिलकोे जमानामा नेता बिष्ट जस्ता नेता कहाँ पाउनु र । उहाँको सबैले प्रशंसा गरेका छन् । यो समाचार सामाजिक सञ्जालमा भाइरल भएको छ ।

खास भएको के थियो त :

बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । जिल्लाको बडिगाड गाउँपालिका ७ घोपर्नामा ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा एक बालक सहित १४ जनाको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक झविन्द्र भट्राईले जानकारी दिए । मृत्यु हुनेमा ९ महिला, ४ पुरुष र १ बालक रहेको भटराईले बताए । अन्य ३ जना गम्भिर घाईते भएका छन् । एक जनालाई खोलाले बगाएको आशंका गरिएको छ ।

गुल्मीको इस्मा गाउँपालिका ४ दोहोली पैयुँबोटबाट कार्कीहरुको कुलपुजाको लागि बागलुङको निसिखोला गाउँपालिका २ देविस्थान बायोखोला जाँदै गरको जीप दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खडकाले बताए । उनीहरुलाई अहिले प्राथमिक उपचारका लागि बुर्तिबाङ पठाईएको छ ।

सिट क्षमता भन्दा बढी यात्रुहरु राख्दा जीप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।