भाइरल जोडीलाई खुशीको खबर : घर निर्माणमा मिडियाकर्मी जुटे (भिडियोसहित)

उर्लाबारी । इलामको चुलाचुलीमा भेटिएको भाइरल जोडीको घर निर्माण हुने भएको छ । बिहीबार सञ्चारकर्मी तथा स्थानीयबासीको भेला मोरङको उर्लाबारीका रुपेन्द्र शेर्माको संयोजकत्वमा समिति गठन भएको हो । चुलाचुली गाउँपालिका ३ का ६७ बर्षीय सिंहप्रसाद लिम्बू र २१ बर्षीया पूजा लिम्बूले विवाह गरेपछि यतिबेला भाइरल बनेका छन् । शारीरिक रुपमा अंपाङ्ग रहेकी पूजा र बृद्ध अवस्थामा पुगेका सिंहप्रसाद लिम्बूको दर्दानक अवस्था देखेर उर्लाबारीका पत्रकारहरुको अगुवाईमा स्थानीयबासीसमेतको भेलाले समिति गठन गरिएको छ ।

समितिको सचिब बुधराज लिम्बू र कोषाध्यक्षमा सुनकुमार केरुङ रहेका छन् । सदस्यहरुमा सोनु लिम्बू, सञ्चराज एक्देन, प्रेमकुमार श्रेष्ठ र पूजा लिम्बू रहेका छन् । त्यस्तै, सल्लाहकार सरोज बस्नेत र पुष्पराज आङ्देम्बे रहेका छन् । समितिले देशविदेशमा रहेका नेपालीहरुको साथ र सहयोगमा घर निर्माण गरिदिने संयोजक शेर्माले जानकारी दिए । उनले सबैलाई सकेको सहयोग गर्न अपिल गरेका छन् ।

पत्याउन गाह्रो पर्न सक्छ तपाईलाई कुनै २१ बर्षकि महिलाले आफुभन्दा ४७ बर्ष जेठा ६८ बर्षका वृद्धसंग बिबाह गरेको सुन्दा तर यो बास्तबिकता रहेको छ । इलामका ६८ बर्षका एक वृद्धले आफुभन्दा ४७ बर्ष कान्छी माइधारकि पुजालाइ आफ्नी दुलही बनाएर ल्याएका छन ।