आर्थिक मन्दी र महंगी

हाम्रो देशको सरकारसँग न केही योजना छ न त दृष्टिकोण नै । नेताहरुको काम भनेको सत्ता हासिल गर्ने, राज्यको सुख सुबिधा लिने, जनतालाई झुठो आश्वासन दिने भन्दा अरु काम छैन। हुन त हाम्रो देशमा न जनतासंग चेतना छ न खोजमुलक पत्रकार। जुन सधै शक्ति र सत्तासंग छन् र जनतासंग प्रत्यक्ष सम्बन्ध राख्ने विषयको उठान गर्न सक्दैनन् । म आज एउटा बिषयमा कुरा गर्न गैरहेको छु, जुन आम नेपालीको दैनिक जिबनमा प्रत्यक्ष असर पर्दछ ।

हाम्रो सरकार त कुम्भकर्ण निन्द्रामा हुन्छ । भविष्यमा भइपरि आउने समस्या समाधान गर्ने योजना त छाडौ, भैरहेको समस्याहरु पनि देख्दैन । प्रसङ्ग छिमेकी मुलक भारतसंगको हाम्रो सम्बन्धको बारेमा केही कुरा भन्न गइरहेको छु । भारत सरकारका कतिपय नीतिगत फैसला पछि अहिले भारत आर्थिक मन्दी जस्तो भयंकर समस्यासंग जुधिरहेको छ । जुन नेपाललाई प्रत्यक्ष असर पर्नेछ। त्यसको असर हाम्रो देशमा दैनिक खर्च हुने उपभोग्यजन्य समान हुन् । अहिले कालिमाटी तरकारीमा जुन किसिमले प्याज र टमाटर जस्ता सब्जीमा १००% गुना मूल्य बृद्धि भएको छ, त्यो विषयमा न सम्बन्धित निकायको ध्यान गएको छ न सरकारको । यही रुपले कानमा तेल हालेर बस्ने हो भने अबको ६ महिनामा भयाभह स्थितिको सिर्जना हुनेमा दुइमत छैन। सब्जी मात्र होइन हाम्रो त व्यापार नाता भारतसंग मात्र भएको कारणले हर चिजमा मूल्य बृद्धि हुनेमा केही थाहा छैन ।

समाधान
त्यसैले हामी समाधान हुनपर्छ, हाम्रै नेपालमा उत्पादन भएका अर्गानिक तरकारीहरुको राम्रो बेवास्ता नहुनु र बेचुलियाको हातमा सम्पूर्ण तरकारी व्यापार हुनु एउटा दुर्भाग्य हो । यसले न त किसानले राम्रो परिश्रमको फल पाउने न त उपभोक्तालाई सहायता हुने । यसको लागि कडा र उचित कदम उठाएर सरकारको निगरानीमा किसनसंग खरिदमा पहल होस् । किसानलाइ उचित सहायता प्रोत्साहन गरी आर्थिक सहायता गर्ने काम गरेर अर्गानिक तरकारी उत्पादनमा सहयोग गर्न सके यो बोझ कम हुने छ। जसले गर्दा देशको अर्थतन्त्रमा राम्रो फड्को मार्न पनि सहयोग मिल्ने छ। दोस्रो, व्यापार नीतिमा व्यापक परिबर्तन गरि अरु देशसंग खरिद बिक्रि गर्न सकिए किसान, गरिब र देशको आर्थिक, रोजगारमा बृद्धि हुने विश्वास छ ।

व्यापारघाटाले चरम सिमा नाघेको बेला अझै आयत बढाउनु देशको अर्थतन्त्र धारासाहि बनाउनु हो…दैनिक जीवनलाई प्रतक्ष्य असर पारेपनि यसबाट पाठ सिक्दै लसुन,प्याज तथा मसला जन्य पदार्थमा आत्मनिर्भर बनाउन उन्नत बिउ,बिरूवा साथै बैज्ञानीक तालिम दिनु नै दिर्घकालिन समाधान हो।

Aryan CK – Abu Dhabi – UAE