पोखरामा बच्चा पोको पारि फाल्ने अन्जुको ज्यान गयो, कोठाभरी रक्सीको बोत्तल, सौताने आमाले खुलाईन कारण (भिडियो)

एक हप्ता अघि पोखराको शिबचोकमा मृत शिशुलाई जन्म दिएकी अन्जु नेपालीको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ज्यान गएको छ । उनी मुग्लीनबाट पोखरा कामको शिलशीलामा आएकी हुन् । पोखरा आएपछि शिबचोकमा मन्जु अधिकारीको ग्यारेजमा रहेको क्यान्टिनमा काम गरिन् । करिब २ महिनापछि क्यान्टिन बन्द भयो उनलाई क्यान्टिन संचालक मन्जुले स–सम्मान बिदा गरिन् । कार्तिक २३ गते राती उनी अन्जु नेपालीले ६ महिनाको बच्चालाई प्लाष्टिकमा पोको पारेर फाल्न लादै थिईन् स्थानीयले समाएर प्रहरीलाई बुझाए । प्रत्यक्षदर्शी सरिता आधिकारीका अनुसार उनले अरुकै बच्चा बोकेको र अबैध गर्भ रहेकाले फालेको बताईन् । श्रीमान् नेपालमै छन्, उनीसंग सम्पर्क नभएको दश महिना भन्दा बढी भएको र महिनै पिच्छे महिनावारी भएको भन्दै आफूसंग औषधी समेत माग्न आएको खुलासा गरिन् । अन्जुकी आमा अम्बिका नेपालीका अनुसार छोरीको बिहे अगाडी देखी नै अरु केटाहरुसग लाग्ने बानि परेको र पाँच महिनाको बच्चा सहित आफैले बिहे गरिदिएको खुलासा गरिन् । हेर्नुहोस् यो स्थलगत भिडियो