परम्परागत शैलीमा जोहेब मानन्धरको ‘देउसी गीत’ सार्बजनिक (भिडियो सहित)

नेपालीहरुको महान चाड तिहारको पारेर गायक जोहेब मानन्धर र सुजन ढकालको देउसी गीत ” झिली र मिलि साझको बेला ” [देउसी रे] को भिडियो सार्बजनिक भएको छ। निकै नै मौलिक र परम्परागत शैलीमा तयार पारिएको यो मीठो देउसी गीतको शब्द र सङीत चर्चित गायक संगीतकार जोहेब मानन्धरको नै रहेको छ। अहिलेको समयमा मौलिकता हराइरहेको बेला गायकद्वयको यस गीतले सङीत प्रेमीहरुलाई आफ्नो नेपालीपन को आभास दिलाउने पक्का देखिन्छ। बेजोड शब्द सङीत सङ्ग मिठो स्वरको समिश्रणले गीत मन मोहक बनेको छ भने भिडियोमा पनि त्यही परम्परागत शैलीमा निर्माण गरिएको छ । गीतमा मौलिक शब्दको प्रयोग र संगीत मादल , सारंगीको तालमेल एक्दम राम्रो सुनिएको छ ।

आफूलाई भर्सलस्टाईल गायक अनि सङीतकारको रुपमा चिनाउन्दै आएका गायक जोहेब मानन्धर हरेक पटक गीतमा नौलोपन पस्कन माहिर छ्न अर्का नवगायक सुजन ढकाल अहिले युबा पुस्ता माझ चर्चित गायक हुन पप शैलीका गीतहरु गाउने गायक द्वय को यो देउसी गीतले तिहारको भावना लाई प्र्कट गर्न सफल भएका छ्न। गीतको अरेन्ज्मेन्ट चर्चीत एरेन्जर सन्दिप कार्कीले गरेका छ्न भने मिक्स्सिङ रेकर्डिङमा पिक स्टुडियो दिनेश राजबहाक छ्न। अखिल बास्तोलाको सिनेमाटोग्राफी र माधब बेलबासेको सम्पादन रहेको भिडियोको डाइरेक्सन माधब अधिकारीले गरेका हुन।

सानो देखि हरेक तिहारमा देउसी भैलो खेल्दै हुर्केको हुनाले यो तिहार चाडको मलाइ विशेष महत्व छ ,सानोमा सधै साथीभाइ सङ्ग देउसी खेल्दा आफू अग्रपंक्तिमा बसेर देउसी भट्टाउने र मादल बजाउने गर्थे र साङितिक छेत्रमा लागिसके पछि देउसी भैलोको गीत बनाउने सोच पहिले देखि नै थियो यसपाली चाहि जुर्यो गायक जोहेब भन्छन । “हामी अर्को एउटा म्युजिकल प्रोजेकटमा काम गर्दै छौ र कुरा नै कुरामा एकदिन जोहेब जीले यो देउसी गीतको कम्पोज सुनाउनु भो, निकै नै मीठो संगीत र एक्दम मौलिक शब्दले सजिएको गीत मलाइ पनि सारै मन पर्यो र अर्को प्रोजेक्टलाई पछि राखेर यो गीत पहिला गरेका हौ आशा छ सम्पुर्ण नेपालीहरुले तिहार गीतलाई माया दिनु हुन्छ होला अर्का गायक सुजन ढकाल भन्छन