पुर्खाको नासो यसरी ब्युझाए, जागरुक समाजको प्रसंशनीय काम (भिडियामा हेर्नुहोस्)

काठमाडौं । नेपालका विभिन्न ठाउँमा भएका मौलिक संस्कार र संस्कृति मध्ये रामेछाप जिल्ला पनि कम छैन । देशको पुर्वी भेगका २२ वटा जिल्लाहरुमा प्रख्यात धासी भाका यो जिल्लामा अझ प्रचलित छ । पुर्बेली तेर्से भाकाको रुपमा चिनिने मौलिक धासी भाका भर्खरै सार्वजनिक भएको छ । रामेछापकै युवा जमातले स्थापना गरेको जागरुक समाज “जोश”ले यो मौलिक भाकाको गीतको भिडियो सार्वजनिक गरेको हो ।

जागरुक समाजकै समूहको शब्द रहेको गीतको लय संकलन दिपक लाखेले गरेका छन् भने दिपक लाखेको साथमा कला राईको युगल स्वर सुन्न सकिन्छ । गीतको संगीत संयोजन केबि भण्डारीले गरेका छन् ।

समाजकै सञ्चालनमा रहेको जोश टिभी एचडी मार्फत सार्वजनिक भएको भिडियोमा नारायण बाबु श्रेष्ठ, सावित्रा भुजेल, सुरज बहादुर श्रेष्ठ, दिनेश श्रेष्ठ, बुद्धिमान श्रेष्ठ, भिम बहादुर श्रेष्ठ, हेम बहादुर श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, पदम बहादुर श्रेष्ठ, भुवन लाल श्रेष्ठ, सलाम सिंह श्रेष्ठ तथा धनकुमारी श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । बिक्रम कार्कीको छायाँकन र मनिष कार्कीको सम्पादन रहेको यस भिडियोको निर्देशन आशिक राईले गरेका छन् । पुर्खादेखिको ऐतिहासिक धासी भाका समेटेर गीतको भिडियो रामेछापकै रामपुरमा पुगी छायाँकन गरेर मेहनतका साथ ल्याइएकोले आम दर्शक श्रोताको मन जित्न सफल हुनेमा जागरुक समाज लगायत यस भिडियोमा संलग्न सबैले आशा व्यक्त गरेका छन् ।

बाँकी यो भिडियोमा हेर्नुहोस्