युटुबमा भाइरल भएकी समिक्षा अधिकारीले गाएको देउसी भैलो गीत यस्तो बन्यो-भिडियो

हिम सम्झौता डिजिटल प्रालिको प्रस्तुतीमा कलाकार नन्दराम परियारको ‘आयो तिहार भाग ६’ मा समेटिएका। हरेक बर्ष तिहारमा आफ्नो छुट्टै प्रस्तुतसहितको गीत बजारमा ल्याएर दर्शक, श्रसोताको मन जित्न सफल कलाकार परियारको यो बर्षपनि तिहार बिशेष गीत बजारमा आएको छ ।

भिडियोसहित बजारमा आएको गीतमा तिहारमा खेलिने देउसी र भैलोलाई बिशेष प्राथमिकताका साथ देखाईएको छ । तिहारको बिशेष महत्व भाईटिका संगै देउसी, भैलेलाई पनि मानिन्छ । चारैतिर झिलीमीली बत्ती, रंगीचंगी फुलहरु साथमा देउसीभैलोले छुट्टै रौनकता छाएको हुन्छ । साना बालबालिकादेखि बृद्धसम्मले देउसीभैलो खेलेर तिहारमा रमाईलो गर्ने प्रचलन रहेको छ ।

चर्चित मोडल ध्रुव हिमाली र सुप्रिया कटुवाल, जीत सारु , र सर्मिला अधिकारीको दमदार नृत्य तथा अभिनय रहेको उक्त गीतमा घरबेटीलाई बिभिन्न तरिकाले सम्बोधन गर्दै रिती, संस्कृति र परम्परालाई समेटेर रमाईलो भैले भट्टयाइएको पनि छ ।

खुमन अधिकारी र समिक्षा अधिकारीको सुमधुर आवाज रहेको छ । यस्तै गीतमा कलाकार परियारको शब्द रहेको छ भने बिष्णु न्यौपानेको संगीत रहेको । गीतलाई पछिल्लो समय निकै व्यस्त र लोकप्रिय मानिएका मौसम हिमालीले निर्देशन गरेका छन् । गीतलाई हिम सम्झौता डिजिटलको अफिसिएल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।हरे बर्ष तिहारमा आफ्नो प्रस्तती बजारमा ल्याएर दर्शक, श्रोताको मन जित्दै आएका कलाकार परियारले यो गीतलाईपनि मन पराईदिनेमा विश्वस्त रहेको बताए ।