बिष्णु माझीले गाएको यो गीत १ हप्तामै १५ हजारले टिकटक गरे!हेर्नुहोस कुलेन्द्रको डान्स

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक बालकुमार श्रेष्ठले नयाँ गीत बजारमा ल्याएका छन्। चर्चित गायिका विष्णु माझी र बालकुमार श्रेष्ठको स्वरमा नयाँ लोकदोहोरी गीत ’सिलौटो’ सार्वजनिक गरेका हुन्।

राजु विरही लामाको प्रस्तुति रहेको गीतमा चर्चित गीत लालुमैका सर्जक शिव हमालको उत्कृष्ट लय तथा शब्द सृजना रहेको छ। गीतमा सङ्गीत संयोजन भने आशिष अविरलले गरेका छन्।

गीतको म्युजिक भिडियोमा सालको पातका गायक तथा मोडल कुलेन्द्र विश्वकर्मा र मरिष्का पोख्रेलको अभिनय रहेको छ। निर्देशक प्रकाश भट्टको निर्देशन रहेको भिडियोको छायाँङ्कन नवराज उप्रेतीले गरेका छन् भने सम्पादन विष्णु शर्माले गरेका छन्।
(भिडियो सहित)