पत्ता लाग्यो तनहुँमा बाघले बच्चा खानुको कारण, बाघले खाएको बच्चालाई लड्यो भनेर ढाँटियो (भिडियो)

दशैको टिका लगाएपछि साथीहरुसंग पिंग खेल्न गएका आशिक बानियाँ त्यसपछि घर फर्केर आएनन् । तनहूँ जिल्ला भानु नगरपालिका वडा नं. १ का चार बर्षिया आशिकलाई चितुवाले आक्रमण गर्यो र ज्यान लियो । आशिकका बाबु कतारमा थिए । उनलाई छोरा आँगनमा लडेर सिकिस्त भएको र छिटो घर आउन भनेर फोन गरियो । आशिकका बाबुले भने–भोलिपल्ट बल्ल बाघले खायो भनेर भनियो, झुट बोलेर मलाई बिदेशबाट बोलाईयो । भानुमा मात्र एक बर्षको अबधीमा पाँच जना बालबालीकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् । ठूलो क्षेत्रफलमा फैलिएको जंगलमा कति चितुवा छन् भानु नगरपालिकालाई नै थाहा छैन । वडा नंं १ का अध्यक्ष प्रेम लामाका अनुसार चितुवाको संख्या ३० भन्दा बढी छ । अब मान्छे खाने चितुवा कुन हो कसरी चिन्ने उनले चिन्ता प्रकट गरे । जंगलमा अरु जनावर नभएकाले चितुवाले गाउँमा आक्रमण गरेको उनको ठहर छ । हेर्नुहोस् यो स्थलगत भिडियो ।