अन्ततः रवि लामिछाने ५ लाख धरौटीमा रिहा : ३ करोड नेपालीलाई खुशीको खबर (भिडियो सहित)

शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो । सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए । २० साउनमा चितवनको कंगारु होटलमा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण मर्न बाध्य भएको पाइएपछि उनीहरु ३० साउनमा काठमाडौंबाट पक्राउ परेका थिए । यस्तै युवराज कँडेल ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका छन् ।

त्यस्तै लेखीका तथा समाजसेवी ज्वाला संग्रौलाले फेसबुक वालमा लेख्नु भएको कुरा सत्यमा परिणित भएको जानकारी गराउन पनि चाहन्छौ ।

न्याय मुर्तीका प्रतिक मानिएका न्यायाधीश हेमन्त रावलको इजलासमा अहिले रबि दाईको बयान लिने काम भइरहेको छ । लामो समय न्याय सेवामा रहेर काम गर्नुभएका रावल जाजरकोट जिल्लामा जन्मनु भएको हो । उहाँ दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीशको रुपमापनि काम गर्नुभयो । सर्वोच्च अदालतमा समेत हेमन्त रावलले सहायक प्रवक्ताको रुपमा काम गर्नु भएको छ । पत्रकारहरुसँग एकदमै राम्रो र समधुर सम्बन्धमा रहनुभएका न्यायाधीश कै इजलासमा यो मुद्धा पुगेको छ । उहाँ नेपाली न्यायालयको इतिहासमा निर्विवादित पात्र हो । उहाँको न्याय सम्पादनमा अहिलेसम्म कुनैपनि प्रश्न उठेका छैनन् । वहाँको सम्मानित इजलासबाट आज रबिदाईमाथी पनि न्याय हुन्छ भन्ने कुरामा म ढुक्क छु!

भिडियो हेर्नुहोस ।