रबि लामिछाने छुटेपछि रमेश प्रसाई खुसि हुँदै रबिलाई दिए सुझाब ,देखावटी समर्थन गर्नेलाई कडा जबाफ (भिडियो सहित)

चितवन । चितवन जिल्ला अदालतले रबि लामिछाने र युवराज कँडेललाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश हेमन्त रावलको एकल इजलासले लामिछानेसँग ५ लाख र कँडेलसँग ३ लाख रुपैयाँ लिएर छाड्न आदेश दिएको हो ।सँगैका अभियुक्त अस्मिता कार्कीलाई भने साधारण तारेखमा छाड्न आदेश दिएको छ । ‘अस्मिता कार्कीलाई चाहिं साधारण तारेखमा रिहा गर्न आदेश भयो’ अस्मिताकी कानून व्यवसायी निमा गिरीले बताइन् ।

धरौटी बुझाउनु पर्नेहरु दुईजनाको तर्फबाट अहिले रकम बुझाउने तयारी गरिरहेको बताइन्छ । पत्रकार शालिकराम पुडासैनीले गत साउन २० गते चितवनको पोखरा बसपार्कस्थित कंगारु होटलमाको एक कोठामा कार्की, लामिछाने र कँडेलले आफूलाई आत्महत्या गर्न बाध्य पारेको भिडियो रेकर्ड छाडेका थिए । रबि लामिछाने धरौटीमा छुटेपछि रमेश प्रसाई खुसि हुँदै देखावटी समर्थन गर्नेलाई कडा जबाफ दिएका छन् ।