सम्पन्न भयो प्रेम गीत ३को पहिलो गित रेकोर्डिङ,देखिए जम्बो टिम

चलचित्र प्रेम गीत ३ को शिर्ष गीत को रेकर्डिङ कार्य रेडियो नेपाल मा सम्पन्न भएको छ। रेडियो नेपाल को ठुलो रेकर्डिङ हलमा ८० जना भन्दा बढी बाध्यबाधक कलाकारहरुको सहभागितामा लाईभ बाजाको साथ् मा सो गीत को रेकर्डिङ गरिएको हो ।

चलन चल्तिका रेकर्डिङ तरिका भन्दा पृथक किसिमले अर्केस्ट्रा साहित को बाध्बाधकको सम्लग्नतामा सम्पन्न गीतलाई प्रताप दास र प्रबिशा अधिकारि ले स्वर दिएका थिए । राजेश कुमार श्रेष्ठ को रचना रहेको सो गीत को संगीत चर्चित संगीतकार एलिश कार्की ले गरेका हुन। रेकर्डिङ को सामुहिक आवाज को निम्ती कलाकार शिव श्रेष्ठ, प्रदिप खड्का, नायीका क्रिस्टीना गुरुङ, निर्देशक छेतेन गुरुङ र सन्तोष सेन लगायत थुप्रै कलाकार रेडियो नेपाल पुगेका थिए । चलचित्र चैत्र २८ मा प्रदर्शन हुनेछ ।