रबि लामिछाने भोलि हिरासत बाट छुट्लान ? प्रधानमन्त्रीको जिल्ला बाट आयो यस्तो खबर (भिडियो सहित)

झापा। रवि लामिछानेको समर्थनमा झापाको बिर्तामोडमा पनि विशाल प्रदर्शन भएको छ । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएकारवि लामिछाने र पत्रकार युवराज कँडेलको थपिएको म्याद भोलि सकिंदैछ । दोश्रो पटक थपिएको म्याद भोलि आइतबार सकिनै लाग्दा मुलुकभर उनीहरुको रिहाईको माग गर्दै प्रदर्शन जारी छ । समर्थकले भोलि आइतबार रबिको रिहाइहुने धेरै आशा गरेका छन् ।

रवि सर्मथकले रिहाई गर्न माग गर्दै शनिबार देशका विभिन्न ठाउँहरूमा प्रदर्शन गरिरहेका बेला झापाको बिर्तामोडमा पनि रिहायको माग गर्दे प्रदर्शन गरिएको हो । भ्रष्टाचार, बेथिति, अन्याय र लुटतन्त्र विरुद्ध भन्दै नेपालका लागि नेपाली नामक समूहले प्रदर्शन गरेको हो । समर्थकहरूहरुले प्रदर्शनको क्रममा रवि लामिछानेसहित पक्राउ परेका पत्रकार युवराज कँडेल र अस्मिता कार्की निर्दोष रहेको भन्दै नाराबाजी गरेका छन् । प्रधानमन्त्रीको जिल्लामा के के भयो त तल भिडियोमा हेर्नुहोला ।