रवि लामिछाने विरुद्धको भिडियो विरोधाभास छ, भिडियो इडिट गर्नेलाई सरकारले खोज्छ मन्त्री ज्ञवाली (भिडियो सहित)

बुटवल । चितवन प्रहरी नियन्त्रणमा रहेका पत्रकार रवि लामिछानेका बारेमा पहिलो पटक सरकारका एक प्रभावशाली मन्त्रीले मुख खोलेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शनिवार गृहजिल्ला गुल्मी आएको बेला सञ्चारकर्मीहरूको जिज्ञसामा मुख खोल्नुभएको हो । मन्त्री ज्ञवालीले कानुन भन्दामाथि कोही पनि नभएको बताउँदै भन्नुभयो, ‘एउटा भिडियो सार्वजनिक भएपछि रवि लामिछाने जीलाई सोधपुछका लागि पक्राउ गरिएको हो, हामी कोही पनि कानुनभन्दा माथि छैनौं र रवि जी पनि हुनुहुन्न । ’ मन्त्री ज्ञावलीले पत्रकार सालिकराम पुडासैनीको भिडियो आफूले हेरेको बताउँदै भन्नुभयो, ‘केही कुराहरू एक(आपसमा बाझिएका पनि छन् । त्यो कुरा सत्य नहुन पनि सक्छ, तै पनि मरेर जाने मान्छेले त्यसो भनेपछि सोधपुछ गर्नै पर्छ ।’ त्यसो भए त्यो भिडियो इडिट गर्ने मान्छेलाई पनि सरकारले खोज्न पर्ने होइन र रु भन्ने प्रश्नमा उहाँले भन्नुभयो– ‘खोज्छ, किन नखोज्ने रु उसलाई खोजेपछि थाह हुन्छ बदमासी गर्ने को हो भन्ने, सबै कुरा खुल्छ, निर्दोष मान्छे फस्ने कुरा हुँदैन दोषी भए कुनै पनि ओहदाको मान्छे भन्नु हुँदैन ।’

उहाँले सञ्चार माध्यमलाई धेरै भ्युवरको दम्भ नदेखाउन समेत सुझाउनुभयो । उहाँले भन्नुभयो, ‘कुन पत्रिका कति छापिन्छन् र अनलाइनहरूका पनि कसका धेरै भ्युवर छन् भन्ने कुरा हुँदैन, विश्वसनीयता र मर्यादा ठूलो कुरा हो ।’ मन्त्री ज्ञवालीले प्रेस स्वतन्त्रताप्रति अहिलेको सरकार कटिबद्ध रहेको पनि बताउनुभयो । ‘ तपाईँ खुलेर लेख्नुस्, लेख्न पाइन्छ, लेखेका सबै कुरा ठिक हुन भन्ने कुरा हुँदैन, लेख्न चाही स्वतन्त्र छ ।’( मान्त्री ज्ञवालीले भन्नुभयो । फरक प्रसङ्गमा मन्त्री ज्ञावलीले अहिले संविधान कार्यन्वयन र समृद्धिको जग निर्माणको वर्ष भएको र समृद्धिको यात्रा सुरु भएको पनि बताउनुभयो । यस कार्यकालमा वैदेशिक रोजगारमा जानेहरूको सङ्ख्या ३७ प्रतिशत कम भएको रेमिटेन्स भने बढेको पनि मन्त्री ज्ञावलीले सुनाउनुभयो । गृह जिल्ला सत्यवतीको बाढी पीडितहरूलाई शुक्रवार तेस्रो पटक राहत लिएर आएका ज्ञवालीले यस वर्षभित्र जनता आवस कार्यक्रम मार्फत तीनै तहको सरकारको समन्वयमा व्यवस्थित घर निर्माण गरिने पनि बताउनुभयो । यहाँका बाढी पीडितहरूको उद्धारमा मन्त्री ज्ञवालीको पहललाई पीडित परिवारहरूले निकै प्रशंसा गर्दै आएका छन् । उहाँको पहलमा देशैभरका सामाजिक सङ्घ संस्थाहरूले प्रशस्त राहत समेत यहाँ पुर्याउन आएका छन् ।

भिडियो हेर्नुहोस ।