रबीलाई भेट्न ज्ञानेन्द्र शाही चितवन आएपछि उर्लियो जनसागर , सबैलाइ दिए मन छुने यस्तो सुझाब (भिडियो सहित)

चितवन । पत्रकार रवि लामिछानेका समर्थक र प्रहरीविच दोहोरो झडप हुँदा डेढ दर्जनबढी घाईते भएका छन । झडपका क्रममा एक जना असईसहित ७ जना प्रहरी र एक दर्जन प्रदर्शनकारी पनि घाईते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अगाडी उश्रृंखल गतिविधि गर्नथालेपछि भिड नियन्त्रण गर्नेक्रममा झडप भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले बताए । विहानै देखि प्रहरी कार्यालय परिसरमा नारावाजी गर्दै आएका प्रदर्शनकारीहरुले साँझपख अनावश्यक हुलदुङ्गा मच्चाएको प्रहरीले जनाएको छ ।

झडपका क्रममा १० सेल अश्रुग्यास समेत प्रहार गर्नुपरेको कोईरालाले बताए । अश्रुग्यास हानेपछि प्रदर्शनकारी तितरवितर हुुँदा अवस्था सामान्य भएको प्रहरीले जनाएको छ । रवि लामिछानेसहित ३ जनालाई जिल्ला अदालतबाट आज ५ दिनको म्याद थप गरेपछि प्रदर्शनकारी थप आक्रोसीत बनेका थिए । उनिहरु रविलाई रिहा नगरेसम्म जिल्ला प्रहरी कार्यालय अगाडीको क्षेत्रबाट नहट््ने भन्दै साँझपख पनि नारा लगाउदै बसेका थिए । ज्ञानेन्द्र शाही आज चितवन आएपछि जनसागर उर्लिएको छ । आज रबि लामिछानेलाइ भेटेर भित्रका कुराहरु बताउने उनले जनाए ।