अभियन्ताकारीहरुले भने जस्तो रकम जुटाउन किन सकेनन ? इजराइल बाट पवित्राको आवाज (भिडियो सहित)

धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि इजराइलमा कार्यरत समाजसेवी पवित्रा गौतम लगायत अन्य साथीहरुको अभियानमा १,११,१११ (एक लाख एघार हजार एक सय एघार रुपैयाँ ) सहयोग संकलन भएको जानकारी गराउनु भएको छ । बिस्तृत जानकारी सहित पवित्रा गौतले आफ्नो फेसबुक वालमा अपडेट गराउदै लेख्नु हुन्छ ।

सम्पूर्णहजुरहरुमा नमस्कार गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अभियानमा म Pabitra Gautam Jhakindra Khatiwada र Sujan Limbu) को संयुक्त अभियानको अभियानता मध्येकी म पनि एक अभियानता हुने अबसर पाएकी थिए र यस्तो देशको एउटा अन्तरास्ट्रिय स्तरको प्रयोजनामा सहभागी हुने अवसर वातावरण बनाउनुहुने धुर्मुस सुन्तली फाउन्डेसनलाई हार्दिक धन्यवाद यस्मा हामी लाइ सल्लाह सुझाव दिनुहुने समाज सेवी हेम थापा दाजु र माया भाउजुलाई पनि उतिकै सम्मान छ ! अभियानताको तर्फबाट त्यस्तै सम्पूर्ण सहयोगी मन सहयोगी हातहरुमा पनि हामी अभियानताको नाताले कुनै पनि अशुभिदा पर्न गएको छ भने हामी अभियानता बाट क्ष्मा चाहन्छौ किन भने हामीले अभियान थालेको केहि दिनमै बिचमा हामीले कुनै पनि सहयोग लिएका पनि थिउन र जजस्ले जाहा बाट सहयोग दिइसक्नु भएको थियो त्यो पनि हामी लेसहयोगी मनलाई पुर्ब सूचना केही पनि गराका पनि थिउन ! अब फेरी हाम्रो अभियान जारी छ यस्मा तपाईंहरू को साथ सहयोग सपोट्को अपेक्षा पनि राखेका छौ सम्पूर्णमा हार्दिक धन्यवाद ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को अभियान सुरुवात गर्दा सबै अभियानताहरुले केही सहयोग रकमको प्रतिबद्धता गरेका थिउ अभियानको शुरुआत गरेको थियो । सोही बमोजिम अभियान सुरुवात गर्दा गरेको मेरो आफ्नो प्रतिबद्धता लाइ आज पुरा गरेकीछु रु . १,११,१११ (एक लाख एघार हजार एक सय एघार रुपैयाँ ) बैंकमा जम्मा भएको पनि सम्पूर्णमा जानकारी गराउदछु ! मेरो आफ्नो प्रतिबद्धता पुरा गरेकीछु !!
दाईकै अगाडी जिग्रीले मुख खोले अहिले सम्म भित्र भित्रै मनन गर्दै आए तर आज रोक्न सकेनन