नेपाल आइडलका प्रताप दासले गाएको लामो समयपछिको गीत हेर्नुहोस

प्रताप दासको स्वर रहेको नयाँ गीत भिडियो सार्वजनिक भएको छ । सरोज पोख्रेलको शब्द संगीत रहेको छ । ‘सुस्तरी सुस्तरी’ बोलको गीतलाई आमोस तामाङले एरेन्ज गरेका हुन् ।

साजन कटेलको निर्देशन रहेको भिडियोमा प्रकाश तिमिल्सिना र भुमिका केसी फिचर्ड छन । गीतको भिडियोमा दुई प्रेमी-प्रेमीकाको भाव झल्काउछ । भिडियोलाई सङ्कल्प भुजेलले खिचेका हुन् भने सम्पादन चन्दन दत्तले गरेका हुन् । एस.आर.सी फिल्मस् ब्यानरमा निर्माण भएको गीतमा सम्मान चौलागाईको लगानी रहेको छ ।भिडियो हेरौ :