सुटिङ्ग अगाडीनै जताततै हिट ‘प्रेम गीत ३’ मा प्रदिप खड्का देखि माओत्से गुरुङ सम्म यस्तो छ कास्टिङ लाइनअप

निर्माण घोषणा देखी नै चर्चामा रहेको सुपरहिट चलचित्र ‘प्रेम गीत’ को तेस्रो सिरिज ‘प्रेम गीत ३’ को कास्टिङ लाइनअप पुरा भएको छ । हालै मात्र चलचित्रमा थप ७ कलाकारहरुको इन्ट्री भए पछी फिल्मको कास्टिङ लाइनअप पुरा भएको हो ।

चलचित्रका निर्माता सन्तोष सेनले थप ७ जना कलाकारहरु आबद्द भए सँगै चलचित्रको मुख्य कलाकार छनोट कार्य सकिएको जानकारी दिए । चलचित्रका लागि हालै मात्र माओत्से गुरुङ, शिशिर राणा, लक्ष्मी वर्देवा, जीवन भट्टराई, जीवन बराल र योगिसा खत्री थपिएका छन् ।

प्रदिप खड्का, शिव श्रेष्ठ, सुनिल थापा, क्रिष्टिना गुरुङ, मनिष राउत, पुष्कार कार्की, प्रेम पुरी यस अघी नै छनोट भईसकेका थिए । यस्तै बालकलाकार अनुभव रेग्मी समृद्धी शाहि र क्रीरिजन गौतम पनि छनोट भईसकेका छन् । चलचित्रमा निर्माता सेनको पनि अभिनय रहनेछ । चलचित्रमा यस अघी नै फाइनल भईसकेका कलाकारहरु वर्कसपमा ब्यस्त रहेका छन् भने नयाँ आबद्द भएका कलाकार पनि छिट्टै वर्कसपमा आउने सेनले बताए ।

निर्माता सेनले चलचित्रको कथामा हरेक पात्रको महत्व भएको बताए । उनले चलचित्रमा कुनै पनि पात्रमा सम्झौता नगरने बताएका छन् । आसुसेन फिल्मको ब्यनारमा बन्ने चलचित्रलाई छेतन गुरुङ सँगै निर्माता सेनले संयुक्त रुपमा निर्देशन गर्नेछन् । यही ब्यानर र निर्माता सेनले यस अघी ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ जस्ता सुपरहिट फिल्म दिईसकेका छन् । ‘प्रेम गीत ३’ चैत्र २८ गते प्रदर्शन हुनेछ ।