ताप्लेजुङ्गका टंक कुमार खड्काको एनआरएनए कतारको उपाध्यक्षमा उम्मेदवारी

रुद्र शर्मा कतार, ताप्लेजुङ्गका टंक कुमार खडकाले कतार लाइ बिगत १३ वर्ष देखि कर्मथोलो बनाउदै आएका छन् l खडका विभिन्न सामाजिक संघ सस्थामा बिगत लामो समय देखि सामाजिक काम गर्दै आएका छन् l नजिकै गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ,राष्ट्रीय समन्वय परिषद कतार आसन्न अधिबेशनमार्फत (२०१९–२१) कार्यकालको लागि द्दितीय उपाध्यक्ष्य पदमा उम्मेद्वारी घोषणा गरेका छन ।

हरेक श्रमजिबी बर्गको अपेक्षा अनुरुप वैदेशिक रोजगारीमा नितिगत सुधार गर्न गैर आबसिय नेपाली संघले समन्वयकारी भुमिका खेल्न र श्रमजिबी कामदार बर्गको हितमा अथवा उनिहरुको पक्षमा उभिएर कतारमा संस्थालाई हरेक श्रमिक बर्ग सम्म बुझाउन र पुर्याउन आजको आबस्यकता रहेको बताउदै खड्काले गैर जिम्मेवारि पूर्ण कार्य गर्ने गर्न लगाउनेहरुलाई निर्मुल र निरुत्साहित गर्न पीडितलाई स–सम्मान उद्दार र पिडकहरुलाई सम्बन्धित निकायबाट निर्मुल पार्ने र नेपाली श्रमजिबी मजदुरहरुलाई सुरक्षित रोजगारिको ब्यबस्था दिलाउन अग्रगामी पहल गर्न आफुले उम्मेदवारी दिएको घोषण पत्रमा उल्लेख गरेका छन ।

जन्मथलो पुर्बी पहाडी जिल्ला ताप्लेजुङ्ग भएता पनि काठमान्डौको कपनमा रहदै आएका समान्य परिवारमा हुर्केका खड्काले बैदेशिक रोजगारको सिलसिलामा कतार आएलगतै कतारमा विभिन्न सामाजिक क्षेत्रमा लागी रहेको बताउछन

कतारमा स्थापित गृह जिल्ला “पाथिभरा युवा सेवा समाज ताप्लेजुङ्ग कतारको वर्तमान महासचिव तथा प्रेदेश नम्बर १ समन्वय परिषद कतारको कार्यसमिति सदस्य रहेका खड्काले उम्मेदवारी घोषणा गर्दै भनेका छन डेढ दशकदेखी कतारमा समाजिक कार्यमा निरन्तरता दिदै आएको छु आगामी दिनमा एनआरएन कतारलाई थप गतिशील, क्रियाशील र परिणाममुखी बनाउन आसन्न गैरआवसीय नेपालीसंघ, कतारको (२०१९÷२०२१) को कार्यकालका लागी द्दितीय उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको बताउदै सम्पूर्ण पंजीकृत सदस्यहरुलाई सहयोगका लागी हार्दिक अनुरोध समेत गरेका छन ।

यस्तो छ खड्काको उम्मेदवारी घोषणा

गैर गैरआवसिय नेपाली संघ (NRNA-NCC) कतारको २०१९-२१ कार्यकालको लागि मेरो द्दितीय उपाध्यक्ष्य पदमा उम्मेद्वारी घोसणा

आदरणीय गैरआवसिय नेपाली संघका सस्थापक एबम अग्रज अभियन्ताहरु, पंजिकृत सदस्यहरु, कतारमा कार्यरत सम्पुर्ण गैरआवसिय नेपाली दाजु भाई तथा दिदी बहिनिहरु, कतारमा स्थापित विभिन्न संघ सस्थामा आबद्द मित्रहरु एबम पत्रकार साथिहरुमा साझा नमस्कार l

गैरआबसिय नेपाली संघ नेपालीहरुको साझा सस्था राष्ट्रियसमन्वय परिषद NRNA-NCC कतारको यही आउदो २३ अगष्ट २०१९ दोहामा हुन गइ रहेको २०१९-२१ कार्यकालको निर्बाचन तथा आशन्न आठौं राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा सम्पूर्ण गैर आबसिय नेपाली संघमा आबद्ध मित्रहरुलाई महाधिबेसन सफलताको कामना गर्दै म टंक कुमार खड्का गैरआवसिय नेपाली संघ NRNA-NCC कतारको द्दितीय उपाध्यक्ष्य पदमा उम्मेद्वारी दर्ता गरि सकेको जानकारी गराउदछु l

मेरो उम्मेदवारी कतारमा कार्यरत नेपाली श्रमिकहरु एकता लागि :
यस गैर आबसिय नेपाली संघ सामाजिक सस्थाका रूपमा प्रवासमा बस्ने सम्पूर्ण नेपालीहरुको साझा सस्थाको रुपमा काम गर्ने नेपाली मजदुर हरुको एउटा छातामुनी सबै आम नेपाली बस्न सकिने र एकले अर्कालाइ आइपरेका आपत बिपत एबम समस्याको समाधान गर्न सक्ने साझा सस्था हो भन्ने मैले बुझेको छु l

यस सस्थाले उच्चारण गर्दै आएको प्रीय शब्द “नेपालीको लागि नेपाली” भन्ने नारा नै हाम्रो लागि उतिकै कर्ण प्रीय र अनुकरणीय छ तर विभिन्न परिस्थिति र बाध्यताले गर्दा हामीले जती गर्न सकिन्थ्यो त्यती गर्न नसकी रहेको अवस्था देखिन्छ l यस सस्थामा युवा जोस जागर सहितको जुझारु ब्यक्ती हरुको उपस्थिती अत्यन्तै न्युन रहेको पाइन्छ त्यसैले अब युबाहरुको स्पष्ट दृष्टिकोण नयाँ आयम थप्न सस्थालाई सामाजिक सेवामा तल्लिन बनाउन अब सम्पुर्ण श्रमिकहरु लाई एकजुट बनाएर हामी युबा सक्ती पहिले एकजुट भएर अगाडि बढनुको कुनै बिकल्प नभएको मैले महसुस गरेको छु l

हरेक श्रमजिबी बर्गको अपेक्षा अनुरुप वैदेशिक रोजगारीमा नितिगत सुधार गर्न गैर आबसिय नेपाली संघले समन्वयकारी भुमिका खेल्न र श्रमजिबी कामदार बर्गको हितमा अथवा उनिहरुको पक्षमा उभिएर कतारमा सस्थालाइ हरेक श्रमिक बर्ग सम्म बुझाउन र पुर्याउन आजको आबस्यक्ता अपरिहार्य हो ।

कतारमा रोजगारको लागि आएका नेपाली श्रमिकहरुको समस्याहरु सुनिन थालेको नयाँ कहानी होइन बिभिन्न समस्यामा पीडित हुने बनाउने तथा दलाल प्रवृत्तिका ब्यक्तिहरुबाट मजदुरहरुलाई ठगी गर्ने बिभिन्न प्रलोभनमा पारेर मजदुरहरु बिचल्लिमा पर्ने गरेका छन l यस्ता गैर जिम्मेवारि पूर्ण कार्य गर्ने गर्नलगाउने हरुलाई निर्मुल र निरुत्साहित गर्न पीडितलाई स-सम्मान उद्दार र पिडकहरुलाई सम्बन्धित निकायबाट निर्मुल पार्ने र नेपाली श्रमजिबी मजदुरहरुलाई सुरक्षित रोजगारिको ब्यबस्था दिलाउन अग्रगामी पहल गर्ने l

मेरो उम्मेदवारी सस्थाको लागी:

म पुर्बी पहाडी जिल्ला ताप्लेजुङ्गमा जन्मिएको एक साधारण परिवारमा हुर्केको ब्याक्ति बैदेशिक रोजगारको सिलसिलामा कतारआइ दोहामा इस्थापित गृह जिल्ला “पाथिभरा युवा सेवा समाजताप्लेजुङ्ग दोहा-कतारको बर्तमान महासचिव तथा प्रेदेश नम्बर १ समन्वय परिषद कतारको कार्यसमिति सदश्य साथै विभिन्न संघ सस्थाको विभिन्न तहमा रही सामाजिक काम बिगत (१२) बर्ष अगाडि देखि नै गर्दै आएको छु l यही सस्था गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०१७-१९ कार्यकालमा पनि कार्यसमिति सदश्य भई सफल कार्यकाल गरि सकेको अनुभबलाइ सस्थागत गर्दै अझ सामाजिक काम गर्ने हौसला पाएको छु l

मेरो ब्यक्तिगत सम्बन्धलाई सस्थागत रुपमै बिकसित गर्न अबको भाबी दिनहरुमा भूमिका खेल्ने छु l म आफू स्वयं श्रमिक भएको हुनाले श्रमिक हरुले भोग्नु परी रहेको समस्या र परिस्थितीलाई गहिरो अध्ययन गरी समस्याको मुहान बन्द गराउन समन्धित सबै पक्ष सँग अन्तर्कृया छलफल गर्न बातावरण मिलाउन मैले हरपल कोसिस गर्ने छु l

र अन्तमा यस सस्थाको बिधान र निर्देशिकाले दिएको निर्देसनको जिम्मेवारी पालना गर्दै सस्थाको छबी लाई उच्च बनाउन आगामी दिन हरुमा स्वच्छ बिबेक प्रयोग गर्दै सस्थाको मुल-मर्म र बिधान भित्र रहेर काम गर्ने प्रतिबद्दता ब्यक्त गर्दछु l

मेरो द्दितीय उपाध्यक्ष्य पदको उम्मेदवारीलाई सहयोग र समर्थन गरी दिनुहुन कतारमा रहनु हुने गैर आबसिय नेपाली संघमा आबद्ध अग्रज बुद्धिजीवी, पंजिकृत सदस्यहरु तथा नेपाली दाजुभाई , दिदीबहिनीहरु साथै जिल्ला सस्थाहरु मातृ सस्थाहरु विभिन्न संघ सगठनमा रहनु हुने आदरणीय महानुभाब हरुलाई हार्दिक अनुरोध गर्दछु !

धन्यवाद !

टंक कुमार खडका
द्दितीय उपाध्यक्ष्य पदको उम्मेदवारी
QA0000101
मोबाईल-००९७४-५५८०३९६७
इमेल : kumar_kc89@yahoo.com