मर्न नडराउने पत्रकार पुडासैनीले कसरी आफैलाई मार्ने निर्णय गरे होलान (भिडियो यसरी बोल्छ)

पत्रकार रबिलामिछानेले आफ्नो फेसबुक वाल मार्फत दुख:द जानकारी गराउनु भएको छ ।
उहा भन्नु हुन्छ : स्तब्ध छु। मर्न नडराउने भाई शालिकराम पुडासैनीले कसरी आफैलाई मार्ने निर्णय गरे होलाल्। छातीमा लात्त्ती खाई खाई पनि प्रश्न सोध्न नडराउने उनको छाति भित्रको मुटु यति कमजोर थियो जस्तो मलाई कहिलेपनि लागेन।नयाँ अवसर मिलेको छ दाइ, केहि गर्छु भनेर करिब ढेड महिना जति अघि टिमबाट बिदा लिएर गएका भाइ शालिकराम, हिजो राति चितवनको एक होटलमा झुन्डिएको अवस्थामा भेटिएका छन। यो घटना उनको ब्यक्तिगत जीवन वा पत्रकारिता मध्य के ले प्रभावित पारेर भयो भन्ने लगायतका तथ्य त प्रहरी अनुसन्धान पछि आउला तर भाइ शालिकराम चाहिँ अब कहिले नआउने गरि बिदा भए। शालिक,सिधाकुरा टिम तिमीलाई सधै सम्झिरहने छ। हार्दिक श्रद्धाञ्जली भाइ।

हेरौ भिडियो :