आफूलाई खुकुरीको धारमा राखेर जनताको लागि मरिमेट्ने युवा पत्रकारले आत्मा हत्या गरेका हुन् त? (भिडियो सहित)

देश र जनताको निम्ति केहि गरौँ भन्ने सोच बोकेर कैयौ जोखिमहरु मोल्दै बिगत केहि बर्षदेखि न्युज२४ हुँदै अहिले Mountain TV मा कार्यरत युवा पत्रकार शालिकराम पुडाशैनी चितवनको पोखरा बसपार्क स्थित एक होटलमा हिजो राति झुण्डिएको अवस्थामा फेला पर्नु भएको छ। वहाँको आत्महत्या हो या हत्या सत्यतथ्य खोजी प्रहरीले अनुसन्धान अगाडी बढाएको छ।

चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ। उनी सोमबार दिउँसो ३:३० बजे २०२ नम्बर कोठा बुक गरेर बसेका थिए । राति खाना खान बोलाउन होटलका कर्मचारी जाँदा कोठाको चुकुल लामो समयसम्म नखोलेपछि राति नै प्रहरीलाई खबर गरेका थिए। प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ ।नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. २ कुमरी घर भएका पत्रकार पुडासैनी हालै माउण्टेन टिभीमा काम गर्न थालेका थिए । उनले सो टिभीमा मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए ।यसअघि, उनी न्यूज २४ को सीधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए। उनका आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ ।

हेरौ भिडियो :