खुमन अधिकारी र स्मृति तिमिल्सिना गुरुआमाले गाएको तीज गीतले सारा नेपालीलाई रूहायो

गुरुआमा फिल्मस को प्रस्तुतिमा स्मृति तिमिल्सिनाको यस बर्षको तीज गीत दिदि भाई ३ (टुहुरी भान्जी) सार्वजानिक भएको छ।

गायक खुमन अधिकारी र स्मृति तिमिल्सिनाको आवाजमा रहेको सो गीतमा लय गायक खुमन अधिकारी स्वयंले गरेका छन् भने शब्द लोकप्रिय सर्जक बिष्णु न्यौपानेले गरेका हुन्।

बिगत तीन बर्ष देखि लगातार सार्वजनिक हुदै आएको गीत दिदि भाईको तेश्रो सस्करणको रुपमा दिदि भाई तीन यो बर्ष सार्वजनिक भएको हो।

सो गीतमा सुस्मिता सापकोटा र महेन्द्र गौतमले मोड्लिंग गरेका छन्। निर्देशन भने गायिका स्मृति तिमिल्सिना स्वयंले गरेकी छन्।

हेर्नुहोस सोहि गीतको भिडियो दिदि भाई – ३