एनआरएन , इमिग्रेसन , संबिधान र हामी नेपाली ! जान्नै पर्ने !

महेश भट्टराई,

हुनत बिदेशिनु धेरैको रहर होइन । न त बिदेश गएर ग्रिन कार्ड वा पिआर लिनु भनेको नै बिदेशी हुनु नै हो । बास्तवमा एनआरएन हुनको लागि बिदेशको नागरिकता लिएको हुनु पर्दछ न कि पिआर मात्र । एनआरएन आर भनेका नेपाली मूलका विदेशी नागरिक हुन् ।

एनआरएन आर भनेका नेपाली मूलका विदेशी नागरिक हुन् । नेपालको संबिधान अनुसार जब सम्म कानुनत नेपाली नागरिकता त्यागेर बिदेशी नागरिकता लिइदैन, तब सम्म एनआरएन भन्न मिल्दैन । नेपालको संबिधान अनुसार जब सम्म कानुनत नेपाली नागरिकता त्यागेर बिदेशी नागरिकता लिइदैन, तब सम्म एनआरएन भन्न मिल्दैन ।

नेपालको संबिधान, एनआरएनको सम्बन्धित देशको बिधान(धारा )र एनआरएनको ऐन,नियमावली बाझेको छ । अब नया ऐन नियमावली जे सुकै लेखे पनि संबिधान,ऐन, नियमावली, एनआरएन ऐन नियमाबली बाझ्ने पक्का छ ।

हरेक देशमा सामाजिक संस्था ऐन अनुसार दर्ता गरि चुनाबको लागि एनआरएनहरूले धारा लेखेका हुन्छन । एनआरएनए धारा अनुसार बिदेश नागरिकता वा ग्रिन कार्ड वा पिआर वा कानुनी काम वा दुई बर्ष भन्दा बढि बिदेश बसेको नेपाली भनि परिभाषित गरिएको छ । सार्क देशहरू एनआरएन मा पर्दैनन।

सार्क देशहरू एनआरएन मा पर्दैनन।

केहीका नेतृत्वहरूले बिद्यार्थीका साथै सबै बिदेशमा बस्ने नेपालीहरूलाई एनआरएन सदस्यता दिनु पर्छ भनेका छन ।

बास्तबमा बिदेश सहयोग चाहिने र धेरै संकट पर्ने समुह भनेकै शरणार्थि, गैर कानुनी र बिद्यार्थीहरू नै हुन । जब धारा नेपालको संबिधानसंग नै बाझिएको छ भने नेपालको एयरपोर्ट छाडेर बिदेश जाने सबै नेपालीलाई एनआरएनको सदस्यता किन नदिने ? नत्र आफ्नो फाइदा हेरेर धारा लेख्ने र गैर कानुनी तरिकाले संस्था चलाई नेतृत्व गर्नु कति जायज हो ?

आफ्नो फाइदा हेरेर धारा लेख्ने र गैर कानुनी तरिकाले संस्था चलाई नेतृत्व गर्नु कति जायज हो ?

एनआरएन कार्डको सदुपयोग बिदेशी नागरिकता लिएकाको लागि मात्र त होइन र ? ग्रिन कार्डलिनेले त नेपाली पासपोर्ट नै प्रयोग गर्न पाई हाल्छन।

बास्तबमा नेपालको संबिधान अनुसार एनआरएनएका केहि बिगत र वर्तमान अध्यक्ष र पदाधिकारीहरू समेत एनआरएनको परिभाषा भित्र पर्छन कि पर्दैनन खोज्नु पर्छ । त्यसैले बिगत र बर्तमानका एनआरएनका अन्तराष्ट्रिय, केन्द्रिय देखि राज्यका धेरै जसो कार्य समितीहरू नेपाली संबिधान र कानुनत : बाझिएका छन अर्थात गैरकानुनी छन ।

बिगत र बर्तमानका एनआरएनका अन्तराष्ट्रिय, केन्द्रिय देखि राज्यका धेरै जसो कार्य समितीहरू नेपाली संबिधान र कानुनत : बाझिएका छन अर्थात गैरकानुनी छन ।

यस्ताले गरेको नेतृत्वले सच्चा एनआरएनको हक, हित र अधिकारको कसरि सुरक्षित रहला ? यसको भबिष्य कस्तो होला ?

पिआर वा ग्रिनकार्ड लिनु बिदेशी नागरिकता लिने प्रक्रियामा नै पर्दछ । पिआर वा ग्रिन कार्ड मात्र लिएर मात्र धेरै बिदेश बस्ने नेपालीहरू छन । जागिर, ब्यबसाय वा अन्य सुबिधाको यो लिन आवश्यक समेत हुन्छ ।

रमाइलो कुरा त बिदेशमा टुरिष्ट भिषामा वा गैर कानुनी तरिकाले छिरेर, शरणार्थी बनेर बसेका र काममा आएकाहरू पनि एनआरएनको नेतृत्वदायी भूमिकामा छन । हिजो नेपालमा टायर बाल्नेहरू आज एनआरएन बालि रहेका छन । अझै बेला बखत नेतृत्वबाटै मानव ओसारपसार, बेचबिखन, जेलका खवर समेत सुन्नमा आउछन।

उनीहरु नै नेतृत्वमा छन र ठूला ठूला हक र अधिकार कुरा गर्छन तर आफ्नो परिचय भने भुसुक्कै बिर्सन्छन । हिजो भुटानीहरू हाम्रो शरणमा आए । दशक बस्दा पनि हामीले नेपाली नागरिकता दिएनौ । भारतियहरू दशकौ देखि नेपाल बसेर आए पनि कानुनी रूपले पिआर वा नागरिकता पाउदैनन। गैर कानुनी नागरिकता खरिद बिक्रीको चर्चा यहाँ नगरौ ।

बिदेशमा हामी छिरे पछि कसरी कानुनी रूपले खुट्टा टेक्ने वा पिआर/ग्रिन कार्ड पाउने हतार हुन्छ । कमाएको जति वकिललाई बुझाउछौ । यति मात्र होइन लुकेर शरणार्थीवा ऋण मै जीवन गुजार्छौ । संघसस्था गुहार्छौ । सडकमा समेत उत्रिन्छौ, सांसद गुहार्छौ । अर्काको देश वा भूमीमा आएर यो भएन र त्यो भएन भनेर सडकमा उत्रिन्छौ ।

के भारतिय वा चाइनिजले नेपालमा यसरी नै सडकमा उत्रिय वा नागरिकताको माग राखे के होला ?

अमेरिकन गएर नेपालमा नागरिकता मागे दिन्छौ त ? अधिकार माग्दै गर्दा आफ्नो देश र कर्तब्य पनि नभुल्दा राम्रो हुन्छ कि ।

नेपालबाट यिनै पार्टिको लखेटेर बिदेश छिर्छौ । बिदेश मै काग्रेस वा कम्युनिष्ट वा कुनै जातिय संगठन खोल्छौ । तिनै नेता आए एयरपोर्टवाटै लाईन लाग्छौ । खादा माला चढाउछौ । र ,कामै छाडेर पनि सेवा सत्कार गर्छौ । नेपालका नेताहरूलाई आउने जाने प्लेन टिकट खाने बस्ने, घुमाउने गर्छौ र कोसेली समेत पोको पारेर नेपाल पठाउछौ ।

नेताहरूले रेनिट्यान्समा मात्र हैन बिदेश आएर हाम्रो सिधै श्रमको दोहोरो शोषण गरिरहेका छन भन्ने कुरा थाहा भएर पनि खै किन र के का स्बार्थको लागि चाकडी हो मैले बुझ्नै नसकेको कुरा ?

देशबाट आफैलाई लखेट्ने नेताहरूलाई एयरपोर्टबाटै सिधै लखट्नु पर्नेमा यो मान सम्मान गरेको देख्दा मेरो दिमागमा सधै ज्वालामुखी फुट्छन । नेताहरूले हाम्रै कारणले यी बिदेशीको हुन भन्ने राम्ररी बुझेका छन । तर पनि बिदेश आएर नबुझे झै नौटंकी र नाटक गर्छन ।

जब सम्म देशमा सुशासन ,शिक्षा, स्बास्थ्य, रोजगारको ब्यबस्था हुदैन तब सम्म बिदेशिने काम भै नै रहन्छ । मैले नबुझेको र मेरो दिमागमा नघुसेको कुरा जुन नेतृत्वले आफैलाई बिदेशिन बाध्य गरायो र तातो घाममा भेडा चराउन वा ज्यान जोखिम हुने काम गर्न वा रेष्टुरेन्टमा भाडा माझ्न, गाउँ ,घर, परिबार र बुढो बाबुआमा छोड्न बाध्य बनायो त्यही नेताहरू बिदेश जादा एयरपोर्टबाटै गुलामी गरि फेसबुकमा फोटो राख्न कत्ति सकेको । अलि कति लाज शरम घिन डर आफै संग लाग्नु पर्ने हो । ति फोटोहरू हेर्दै गर्दा मेरा आखाहरूबाट सधै आगो ज्वाला बर्सिने गर्छन।

आजको बिश्वब्यापिकरण युगमा आधुनिक प्रबिधिले बिश्वलाई नै एक बनाई रहेको अबस्था हामी आफ्नै नेपाली नागरिकता सिरानमुनि च्यापेर दोहोरो नागरिकता, संपत्ती सम्बन्धि हक, राजनैतिक अधिकार जस्ता मुद्दामा लडिरहनु निकै लाज मर्दो स्थिती हो । हामीले हाम्रो नागरिकता र हाम्रो हाम्रो हक नखोसियोस मात्र भनेको हो । फेरि आर्थिक सम्वृद्धि टेवा पुर्याउने पनि एनआरएनहरू नै हुन । यति कुरा नबुझ्ने नेतृत्वको दिमाग वा मनमा खोट भएको हुनै पर्छ । एनआरएनएले बिदेशमा नेताहरूको गुलामी गर्नुको सट्टा आफ्नै सदस्यको योग्यता, परिभाषा,लक्ष्य तथा उद्देश्य स्पष्ट पारि एक भै अगाडि बढ्नु जरुरी छ ।

एनआरएनएले बिदेशमा नेताहरूको गुलामी गर्नुको सट्टा आफ्नै सदस्यको योग्यता, परिभाषा,लक्ष्य तथा उद्देश्य स्पष्ट पारि एक भै अगाडि बढ्नु जरुरी छ ।

बिश्वको जुनसुकै कुनामा गए र रहे पनि हामी नेपाली नै हौ। नेपाली नै रहने छौ । नेपाल र नेपालीलाई दुख पर्दा नेपाल गै गाउँबाट पुग्न नभ्याउदै हामी बिदेशमा भएकाहरूको मन र शरिर चाडै पुग्छ । हाम्रो मन, मुटु र मष्तिष्क बाट नेपाली माया प्रेम र भावना कसैले झिक्न सक्दैन । जुन अनन्तकाल सम्म रहि रहनेछ !

राष्ट्र प्रेम संसारको कुनै संबिधान, निति, नियम वा कानुनले रोक्न र छेक्न सक्दैन । राष्ट्र प्रेम संसारको कुनै संबिधान, निति, नियम वा कानुनले रोक्न र छेक्न सक्दैन ।