नेपाली चलचित्र हिरो नं. १ को दोश्रो गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चलचित्र हिरो नं. १ को अर्को गीत सार्वजनिक भएको छ । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रको माया दिन्छु नि बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

मधु न्यौपानेको शब्दमा ताराबीर पाण्डेले संगीत गरेको यस गीतमा कपिल पौडेल र संगीता तिमल्सिनाले स्वर दिएका छन् । उक्त गीतमा नायक जय किशन बस्नेत र नायिका एलिना रायमाझीले भब्य रोमान्स गरेका छन् । चलचित्रको गीतमा दुइ जनाको माया प्रेम र बिबाह हुँदै अनौठो तरिकाको बच्चा जन्मिएको सम्म देखाईएको छ । तुरुन्तै अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र हिरो नं. १ मा जय किशन बस्नेत र एलिना रायमाझीको साथमा जाहान्वी बस्नेत, राजिव जंग बस्नेत, संघरत्न महर्जन। टार्जन, लय संग्रौला। शोभित बस्नेत, शुभेच्छा थापा लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।

जय किशन बस्नेतकै लेखन, निर्माण र निर्देशन समेत रहेको यस चलचित्रमा बिनोद सापकोटाको छायाँकन, ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, जय किशन बस्नेत र किशोर थापाको नृत्य र शंकर महर्जनको द्वन्द रहेको छ । चलचित्र एक्सन, थ्रिलर तथा सस्पेन्स कमेडी जनारामा निर्माण भएको बताईएको छ ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :