आफैं रुदै यस्तो गुन लगाए गुल्मीका पहिरो पिडितलाई नेपाली काँग्रेसका चन्द्र भण्डारीले । (भिडियो हेर्नुहोस)

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी राहत बोकेर सत्यवती गाउँपालिकाको वडा न ३ ठुलोलुम्पेक र वडा न ४ को लिम्घा पुगेका छन । ५ न प्रदेश साम्सद वीर बहादुर राना एबम नेपाली काङ्ग्रेस गुल्मीको टोलि सहित त्यहाँ पुगेका नेता भण्डारीले ३ लाख भन्दा बढी नगद सहयोग गरेका छन । सबै पिडितको घर सम्म पुगेका उनले मृतक परिवारलाइ किरिया खर्चमा सहयोग स्वरुप ५र५ हजार दिएका छ्न । नेता भण्डारीले सत्यवती गाउँपालिका प्रमुख पारिस्वर ढकाललाइ नगद ३ लाख प्रदान गरेका छन।

पिडित हरुको घर घरमा पुगेका नेता भण्डारी सङ्ग त्यहाँका पिडितहरुले कसैले आफन्त गुमेको पीडा सुनाएर रोए भने कोहि पसु पन्छी, घरबास, खेतिपाती बगेको भन्दै भक्कानिएर रोए । त्यहाँ पुग्दा औसधि खान नपाएका बिरामी, दूध खान नपाएका बाल बच्चा, चिसोमा सुत्न बाध्य सुत्केरीका पीडा सुन्दा नेता भण्डारी समेत रोएका थिए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नेता भण्डारीले अब एकीकृत बस्तीको बिकल्प नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन । प्रदेश साम्सद वीर बहादुर रानाले यो बिपत्तिको यथार्थ सम्सदमा प्रस्तुत गर्ने बाचा ब्यक्त गर्दै स्थानियलाइ सान्त्वना दिएका छन । कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मीका सभापती भुबन श्रेष्ठ, सचिब खिलध्वज पन्थी, बिष्णु सापकोटा लगायत नेताहरुको उपस्थिती रहेको थियो ।

भिडियो हेर्नुहोस ।