यस्तो पो त मौलिक मार्मिक तिज गित भनेको, ‘बुहारी २’ ले रुवायो, युटुबमा नम्बर वन (भिडियो सहित)

काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत, त्यस माथि पनि नेपाली नारीहरुको महान चाड हरितालिका तिज २०७५ लक्षित हुँदै धेरै गीत संगीतहरु पछिल्लो समयमा युट्युब मार्फत सार्बजनिक हुन थालिसकेका छन् । त्यसै गरी चर्चित गायिका टिका सानु लगायत मन सिंह खड्का, करिश्मा घर्ति र धनमायाको आवाजमा एकदमै छोरिको बेदना लाइ चित्रण गर्दै ‘बुहारी २’ सार्बजनिक भएको छ ।

उक्त भिडियोमा रामा थपालिया, लक्ष्मी गिरि, टिका सानु, मनमौलीक शिंह खड्का, राजेश बिसी, सम्प्रिया खड्का,बिष्णु सुनार, भारत बायक, हरि भण्डारी, धनमाया नेपाली लगायत कलाकार हरुको अभिनय रहेको छ । सागर गौतमको छायाँकन रहेको भिडियोलाई सिंह खड्का निर्देशन गरेका हुन भने राजकुमार मगरले सम्पादन गरेका छन । गीत सार्वजनिक भए पछि निमार्ण युनिटले गीतलाई सबैले माया गरिदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो।

गित रिलिज भय लगतै गायिका टिका सानु भन्नु हुन्छ : नमस्कार सम्पुर्ण लाई सन्चै हुनुहुन्छ नि? सबैभन्दा पहिले त सबैलाइ हरितालिका तिज को सुभकामना छ । हुन त म गितसङ्गित मा अझै पनि कच्चै छु धेरै कुरा सिक्दैछु र सिक्नु पनि छ । तर पनि सिक्दै जाने क्रम मा यहाहरुले मेरा गित सङ्गीत लाई धेरै माया गर्दिनुभयको छ तेस्कारन यहाहरु सबैजनालाइ धेरै धन्यवाद छ। र यो तिज गित कस्तो लाग्यो सल्लाह सुझाब दिनुहोला र मन परे भिडियो सियर गरेर साथ दिनुहोला धन्यवाद !!!

हेरौ उक्त भिडियो :

नेपालीहरुको सपनाको सहर लन्डनमा छायांकन गरिएको ”सिरी सिरी बतासैले” तिज गित सार्बजनिक (भिडियो सहित)

स्कटनेपाल युके,

नेपाली तीज पर्व नजिकिए संगै तीजका गीतहरु आउने क्रम एकदमै बढ्दो छ। यसै पर्वलाई रमाइलो बनाउनको लागी कलाकारहरुले तीज गीतहरु सार्वजनिक गरिरहेका छन । त्यस्तै प्रवासमा रहेर पनि देशको कला संस्कृति प्रति लगाव राख्नु आफैमा महत्वपूर्ण कुरा हो। प्रबासी जीवनका वाबजुद पनि स्वदेशी गीत, संगीत र कलालाई माया गर्नु कसैको रोजाई पर्छ भने त्याे सम्मानयोग्य रहन्छ। आजकल र्‍याप, पप र आधुनिक गीत, संगीतमा झुकाव राख्ने नयाँ पुस्ता लोकभाकामा रमाउनु आफैमा गर्वको बिषय पनि हो ।

लोक संस्कृतिलाई र लोकभाकालाई माया गर्ने युवा बिष्णु बन्जाडे यतिखेर बेलायतमा रहेर पनि गामबेसीको भाकामा रमाउन लालायीत छन। सोही क्रममा गायक बञ्जाडे र गायिका जमुना रानाको सुमधुर आवाजमा हिन्दु नेपाली नारीहरूको तीजको अवसर पारेर एकदमै रमाइलो तिज कोसेली “सिरिसिरी बतासैले” स्कटनेपाल अनलाइन युटुब मार्फत बजारमा सार्बजनिक गरेको छ।

उक्त भिडियोमा शब्द र संगीत बिष्णु बन्जाडेको रहेको छ भनि अभिनयमा बिष्णु बन्जाडे लगायत सिक्षा पौडेल रहेको देखिन्छ। टिका अधिकारीले छायाँकन गरेको भिडियोलाई बिष्णु बन्जाडे / जानकी सिंजालीले निर्देशन गरेका हुन भने टिका अधिकारीले सम्पादन गरेका हुन। गीत सार्वजनिक भए पछि निमार्ण युनिटले गीतलाई सबैले माया गरिदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो।

एल्बम सिरिसिरी बतासैले , स्वोर जमुना राना /बिष्णु बन्जाडे , शब्द बिष्णु बन्जाडे , संगीत संकलन बिष्णु बन्जाडे , अभिनय शीक्षा/बिष्णु , एरेन्ज धीरज पाल्पाली।

हेरौ उक्त भिडियो।