मधु चापागाईले ल्याईन् बिलकुलै फरक शैलीको तीज गीत (भिडियो)

नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज गीतहरु बजारमा आउने क्रम बढिरहेको छ । कतै नेपाली मौलिकता भएका गीतहरु बजारमा आएका छन् भने कतिपयले मौलिकता बिर्सिएर उत्ताउला खालका गीत र भिडियोहरु सामाजिक संजालमा हेर्न सकिन्छ । पुस्ता हस्तान्तरण जस्तै गीतको प्रकृति र संगीत पनि बिस्तारै फेरीदै जानु स्वभाबिक हो तर भाव र मौलिकता फेरीनु भनेको हाम्रो संस्कृतीनै बिलिन हुनु हो । हाम्रो आमाको पालामा गाईने गीत र अहिले हाम्रा पालामा गाईने गीत अन्तर भए पनि त्यसले तीजको नै ब्यता र अथार्त बोक्नु आवश्यक छ । तीज भनेको चेलीहरुको दुःख पोख्ने चाडको रुपमा हेरिने गरिन्छ तर पनि पछिल्लो समय तीजको भाषा र संगीतमै बिकृती फेला पर्न थालेका छन् । पोखरेली गायीका मधु चापागाईले २०७६ सालको तीज गीत अली फरक शैलीको छ । हाम्री आमाको तीज भनेर बजारमा आएको गीतले बास्तविक तिजको झल्को दिन्छ भने भिडियोले पनि तीजमा चेलिको पीडा र आमाको पालाको तीजलाई स्मरण गर्न खोजेको छ । हेरौं यो भिडियो ।