चितवनका युवा नेता सुन्दर डल्लाकोटीले पहिलो पटक अभियन गरे , गायक जिविको माईतीको देशैमाको भिडियो सार्वजनिक

चितवन, नेपाली नारीहरुको तीज नजिकिदै गएको छ । विगतका बर्षमा जस्तै नयाँ नयाँ तीज गीतहरु बजारमा आउन थालेका छन् । तीजमा पछिल्लो समयमा छाडा गीत मात्र होईन् मौलिक गीतले पनि मन छुन सकिन्छ भन्ने उद्देश्यसहित चर्चीत सर्जक तथा गायक जिवि सुनारको आफ्नै शब्दमा माईतीको देशै बोलको नयाँ गीत बजारमा आएको छ ।

गीतको भिडियोमा भने चितवनका युवा नेता सुन्दर डल्लाकोटीले पहिलो पटक अभियन गरेका छन् । निकै मौलिक र मार्मिक परिवेशमा उनले अभियानको सबै ति चर्चा सुरु भएको छ । विशुद्ध नेपाली मौलीकता गीत पाए, अनि पहिलो पटक अभियान गरेको छु डल्लाकोटीले भने, यहाँ छाँडा, अस्शिल नभई माईती र चेली बिचको वेदना भएकोले अभिनय गर्दा निकै उत्साहित छु । उनलाई भिडियोमा दिदिको रुपमा मोडल तथा नायिका अप्सना थापाले साथ दिएकी छिन् ।

गीतमा गायक सुनारलाई गायिका अपेक्षा गिरी साथ दिएकी छिन् । भने महेश विक्रम पाण्डेले गीतलाई म्यूजिक एरेन्ज गरेका छन् । दिदि भाईको माया ममतालाई गीतमा लोकप्रिय निर्देशक शिवन पोख्रेरलले निर्देशन गरेका छन् । चितवनको भरतपुर आसपासमा गीतको छायाकंन महेश महराले गरेका छन् । भने गीतलाई शिलन लम्सालले सम्पादन गरेका छन् । साहारा ईन्टरटेटमेन्ट प्रा लिले गीत बजारमा लयाएको हो ।

Watch Video :