सबै सम्पती बेचेर छोरो अमेरिका, गाउँमा बुढी आमाको बिचल्ली (भिडियो)

भनिन्छ नि, आमा बाबु बाहेक संसारमा सबै थोक पाईन्छ । आफ्ना सन्तानको भविष्य उज्जवल बनाउनको लागी बाबु आमाले ज्यादै दुःख कष्ट गरेका हुन्छन् । अझ बाबुको सानैमा मृत्यू भएपछि एक्ली बनेकी आमाले झन ठूलो कष्ट र बेदना सहनु पर्ने हुन्छ । छोरा पढेर ठूलो मान्छे हुन्छ भन्ने अभिलासाले भोको पेटमा पटुकी कस्दै हुर्काएकी आमाले छोराबाट धेरै आशा र अपेक्षा गरेकी हुन्छिन् ।
एक दिन छोराको अमेरिका भिषा लाग्छ २ बर्षको अमेरिका बसाईपछि छोरा गाउँमा फर्किन्छ । आमालाई पनि अमेरिका लैजाने भन्दै फकाएर सबै घर जग्गा बिक्री गर्छ । एयरपोर्टमा पुगेपछि टिकट काट्न जान्छु भन्दै छोरो अमेरीका उड्छ । टिकट लिएर आउने आशामा कुरेर बसेकी आमा झसंग हुन्छिन् जब छोरो अमेरिका उडिसकेको थाहा पाउछिन् । उनको साथमा पैसा पनि हुँदैन, गाउँ फर्किदा गाडी भाडा नभएर गाडीबाट समेत झारिदिन्छ । यस्तै कथामा आधारीत रहेर निर्देशक तथा एरेन्जर तारानाथ आचार्यले तीज गीत ‘नारी’को भिडियो तयार पारेका छन् । शर्मिला गुरुङको आवाज रहेको उक्त गीतको शब्द लय र एरेन्ज तारानाथ आचार्यले गरेका छन् भने प्रमोद गुरुङको छायंकनमा सुबास अम्गाईले सम्पादन गरेका हुन् । गीतलाई डिजिटल स्टारले बजारमा ल्याएको हो । हेर्नुहोस् यो मर्मस्पर्शी गीत ।