चिताबाट झिकेर घाटमै पोष्टमार्टम, हँसियाले चिरियो पेट, खोजियो सर्प भ्याकुता (भिडियो)

नेपाली समाज अझै पनि अन्धविश्वास र कुरितिमा छ । कतिपय गाउँहरु अझै पनि बोक्सी र धामी झाँक्रीमा विश्वास गर्छन् । गोरखा जिल्लाको दुर्गम काशी गाउँमा बोक्सीमा विश्वास गर्दा मरेको मान्छेले समेत दुःख पायो । घाटमा पुराएपछि बोक्सी (स्थानीयहरु भिग पनि भन्छन्) को कारण मान्छे मरेको र पेटमा सर्प भ्याकुता भएको भन्दै चिरेर हेर्न खोजे । स्थानीए एक युवाले मरेको मानिसको पेटमा हसिँयाले काटे र पेट भित्र सर्प र भ्याकुता खोजे । सर्प पनि भेटिएन, भ्याकुता पनि भेटिएन । गाउँलेहरुकै आग्रहमा त्यहा पोष्टमार्टम भयो । प्रहरीले केहीलाई नियन्त्रणमा लियो र केही दिनको कारागार बसाईपछि उनी छुटेका छन् । के थियो बास्तविक कुरो यो भिडियो हेर्नुहोस् ।